
छरिएका केशहरु चुल्ठो बनाई बाटिदिऊँ कि !
लजाएका आँखाहरु दाउ छोपी चोरिदिऊँ कि !नौनीजस्तो कोमल-कोमल, दिलमा चोट लाग्ने हो कि !
हावाजस्तै चञ्चल-चञ्चल, भेटमा ठेस लाग्ने हो कि !कोमल-कोमल चञ्चल-चञ्चल, माया भन्ने यस्तै हो कि !
लत्रिएछ पछ्यौरी, धुम्टो बनाई ओढाइदिऊँ कि !लजाएका आँखाहरु, दाउ छोपी चोरिदिऊँ कि !
फूलजस्तै सुन्दर-सुन्दर, मनमा काँडा बिझ्ने हो कि !जूनजस्तै शीतल-शीतल , तनमा राप बढ्ने हो कि !
सुन्दर-सुन्दर, शीतल-शीतल, माया भन्ने यस्तै हो कि !पोखिएका किरणहरु, ओंठभरि सारिदिऊँ कि !
लजाएका आँखाहरु, दाउ छोपी चोरिदिऊँ कि !
-जोर्डन, हङकङ
प्रतिक्रिया