बिश्व ब्याडमिन्टन महासंघ तथा ब्याडमिन्टन एशिया कन्फेडेरेशनको सहयोग तथा नेपाल ब्याडमिन्टन संघको आयोजनामा नेपाल ईन्टरनेशनल सिरिज २०१७ ब्याडमिन्टन प्रतियोगिता पौष महिना हुने भएको छ ।
डिसेम्बर २१ देखि २५ तारिख सम्म आयोजना हुने प्रतियोगितामा नेपाल सहित एशिया तथा अमेरिकाका गरि १९ राष्ट्रको सहभागिता रहने छ ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजना हुने प्रतियोगितामा अष्ट्रेलिया, बंगलादेश, भुटान, हङ्गकङ्ग, भारत, ईन्डोनिसिया, ईरान, जोर्डन, मलेसिया, मालदिभ्स, मंगोलिया, म्यानमार, पाकिस्तान, सिंगापुर, सिरिया, थाईल्याण्ड, भियतनाम र चिलीका २ सय २५ खेलाडीहरुले सहभागिता जनाउने नेपाल ब्याडमिन्टन संघका उपमहासचिव तथा सिरिका डेपुटी रेफ्री लवभक्त श्रेष्ठले जानकारी गराएका छन ।
८ हजार डलर पुरस्कार राशीको प्रतियोगितामा महिला, पुरुष एकल र जोडी तथा मिक्स जोडीमा प्रतिस्पर्धा गराइने छ । २ सय ५३ म्याच रहेको प्रतियोगितामा पुरुष एकलमा १ सय १३ खेलाडीहरुको सहभागिता रहने छ । यस्तै महिला एकलमा ५१, पुरुष जोडीमा ४३ जोडी, महिला जोडीमा १८ जोडी र मिस्क जोडीमा ३३ जोडीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा भारतका सर्वाधिक ९९ खेलाडीहरुको सहभागिता रहनेछ । यो प्रतियोगिता नेपालले आयोजना गर्न लागेको अहिलेसम्मकै ठूलो प्रतियोगिता भएको संघका महासचिव वीरेन्द्र श्रेष्ठले बताए ।
प्रतियोगितालाई भब्य र सभ्य तथा विवाद रहित बनाउनका लागि विभिन्न समितिहरु गठन गरिएको नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।
प्रतिक्रिया