एक करोड मतदाता दोस्रो चरण चुनावमा सरिक हुने

एक करोड मतदाता दोस्रो चरण चुनावमा सरिक हुने


एक करोड मतदाता दोस्रो चरण चुनावमा सरिक हुने भएका छन् । ४५ जिल्लामा मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि १ करोड २२ लाख मतदाता रहेको निर्वाचन आयोगले जनाएको हो ।

त्यसका लागि आवश्यक परिमाणमा मतपत्र, मतपेटिका, स्वस्तिक छाप लगायतका मतदान केन्द्रमा प्रयोग हुने ४७ प्रकारका सामाग्री ती जिल्लामा पठाइसकिएको र कागज, खाम, डोरी लगायत १७ प्रकारका सामाग्री स्थानीयस्तरमै खरिद गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

आयोगका एक अयुक्तले मतदान केन्द्रित तयारी भइसकेको बताउँदै मतदानका लागि आवश्यक सम्पूर्ण सामाग्री जिल्लामा पुगिसकेको बताए । उनले जिल्लास्तरमा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी लगायतले जनशक्ति, सामाग्री र सुरक्षाको व्यवस्थापन मिलाउने कार्य गरिरहेको बताए ।

मंसिर २१ गतेको चुनावपछि मात्रै एकैचोटी दुवै चरणमा भएका मतदानको मतगणना गरिनेछ । जसका कारण दोस्रो चरणको चुनावसम्म मतपेटिकाहरु सुरक्षित रुपमा राख्नु नै निर्वाचन आयोगका लागि ठूलो चुनौती रहेको देखिन्छ ।

निर्वाचन आयोगले दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा खासगरी भारतसँगको सीमाक्षेत्रमा सुरक्षा चुनौती रहेको बताउँदै त्यसबारे दुवै देशका सुरक्षा निकाय गृहकार्यमा जुटेको बताएको छ । पहिलो चरणमा भौगोलिक विकटता र मौसमी प्रतिकूलताको चुनौती बेहोरेको उसले जनाएको छ ।