अर्जेन्टिनाका फुटबल स्टार लियोनेल मेसीले बार्सिलोनासंग नयाँ सम्झौतामा गरेका छन । मेरीले बार्सिलोनासंगक चार बर्षको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । मेसीले अवको चार वर्ष अर्थात २०२१ सम्म स्पेनको बार्सिलोना क्लबमै रहने छन । यो कुराको बार्सिलोना क्लवले आफ्नो ट्वीटर राखेको कुराले पनि पुस्टि गर्छ ।
सिजनको समाप्तिसंगै बार्सिलोनाका स्टार ३० बर्षीय लियोनेल मेसीले क्लब छाड्ने चर्चा चलेका थियो । मेसीले बार्सिलोना छाड्ने बारेमा निकै अड्कलहरु काटिएका थिए । यी सवै अफवाहलाई गलत सावित गर्दै मेसीले गत शनिवार अर्थात मंसिर ९ गते बार्सिलोनासंग कीर्तिमानी ७ सय मिलियन डलरमा नयाँ अनुबन्धपत्रमा हस्ताक्षर गरेका थिए ।
चार बर्षको लागि बार्सिलोनामा नयाँ अनुबन्धित भएपछि अव मेरी प्रत्येक साता ५ लाख युरो प्राप्त गर्नेछन् । बार्सिलोनाका स्टार खेलाडी मेसीले क्लब छाड्ने चर्चा चलेपछि आफ्नो स्टार खेलाडीलाई क्लबमै राख्न बार्सिलोनाले निकै कसरत गर्नु परेको थियो । पछि मेसी र क्लबविच आपसी सम्झौता भएपछि अनुबन्धपत्रमा हस्ताक्षर भएको थियो ।
मेसी विगत एक दसकदेखि बार्सिलोना क्लबवाट खेल्दै आएका छन । उनले यो अवधिमा बार्सिलोनालाई महत्वपूर्ण उपाधि दिलाउन विशेष योगदान दिएका छन । मेसीसंगको नयाँ अनुवन्धले क्लवले अँझ महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया