विक्रम पाण्डेले भने–ढाँट छल गर्ने समय सकियो

विक्रम पाण्डेले भने–ढाँट छल गर्ने समय सकियो


वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले सम्भव नै नभएका सपना बाँडेर मत आफ्नो पक्षमा पार्ने काम गर्न नहुने बताउनुभएको छ ।

चितवन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका पाण्डेले आज भरतपुर महानगरपालिका–८ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ढाँटछल गर्ने समय सकिएको बताउनुभयो ।

जनता जागरुक भएकाले जे गर्न सकिन्छ नेताले त्यही बोल्नुपर्ने बताउनुभयो । भविश्यमा कुनै काम गर्नु नपर्ने भएकाले सपना बाँड्ने र मत माग्ने चलन बढेको उहाँले बताउनुभयो ।

समग्र चितवनको विकासका लागि लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्नुपर्ने उहाँले बताउनुभयो । जनता र निकुञ्जबीचको द्वन्द्व अन्त्य गर्दै निकुञ्जबाट जनताले अधिकतम् फाइदा लिनका लागि आवश्यक नीति नियम बनाउने कुरामा आफू लागेको उहाँले बताउनुभयो ।

आफ्नो लडाइँ कुनै पनि राजनीतिक लडाइँ नभई विकासको लडाइँ भएको बताउँदै लोकतन्त्रलाई जगेर्ना गर्दै संविधानमा उल्लेख भएका कुरा जनतालाई दिन आफ्नो उम्मेदवारी भएको बताउनुभयो ।
–––