कांग्रेस समावेशी पार्टी भएको दीपकुमारको दाबी

कांग्रेस समावेशी पार्टी भएको दीपकुमारको दाबी


प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसबाट कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार रहनुभएका दीपकुमार उपाध्यायाले जातीय उत्पीडन उन्मुलनका लागि नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका निवर्तमान राजदूत उपाध्यायाले कांग्रेस नै बढी लोकतान्त्रिक र समावेशी पार्टी भएको भन्दै समावेशीता र लोकतान्त्रिक शासन पद्धतिको लागि आगामी मंसिर २१ गते हुने निर्वाचनमा रुख चिन्हमा मतदान गरी लोकतन्त्रको रक्षा गर्न आम मतदातालाई आग्रह गर्नुभएको छ ।

कपिलवस्तु निर्वाच क्षेत्र १ को जहदीमा आयोजित घरदैलो कार्यक्रममा उम्मेदवार उपाध्यायाले दलित र मुस्लिम बस्ती भएको त्यस क्षेत्रमा आफू निर्वाचित भएलगत्तै उक्त ठाउँको विकास निर्माणमा लाग्ने प्रतिबद्धता पनि जनाउनुभयो । उपाध्यायाले सो क्षेत्रको बाटोघाटो सिंचाइको समस्या समाधान गर्न विगतमा पनि पहल गरेको बताउँदै आगामी दिनमा पनि यस्ता विकास निर्माणका कामलाई थप तीव्रता दिने बताउनु भयो ।