दक्षिणपूर्व क्षेत्रीय तमू धीँ, प्लमस्टिड ल्होसार कार्यक्रम

दक्षिणपूर्व क्षेत्रीय तमू धीँ, प्लमस्टिड ल्होसार कार्यक्रम


दक्षिणपूर्व क्षेत्रीय तमू धीँ, प्लमस्टिड ल्होसार कार्यक्रम
प्रत्येक वर्ष मनाउने तमूहरुको महान पर्व ल्होसार यस वर्ष पनि दक्षिण पूर्व क्षेत्रीय तमू धीँ, प्लमस्टिड, लण्डनको आयोजनामा भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाउने यहाँहरुलाई जानकारी गराइन्छ । यस वर्षको ल्होसार कार्यक्रम निम्न स्थान, दिन र समयमा तोकिएको छ ।
दिनांक -०८ जनवरी २०११ (शनिवार)
समय – १२०० बजेदेखि १७०० बजेसम्म – शान्ति पूजा (लामाद्वारा)
१७०० बजेदेखि ०००१ बजेसम्म – ल्होसार सांस्कृतिक कार्यक्रम
टिकट दर – १५ पाउण्ड दश वर्षभन्दा माथिकालाई तथा ५ पाउण्ड दश वर्षभन्दा मुनिकालाई
पूरा ठेगाना – एसियन कम्युनिटी हल, व्हाइटहार्ट रोड, प्लमस्टिड, लण्डन, पोस्टकोड -एस ई १८ १ डीजी ।
गुरुङहरुको नयाँ वर्ष मनाउने दिनलाई सफलता पार्नको लागि स्वयं सेवक इच्छुक महानुभावहरुलाई निम्न व्यक्तिहरुसंग सम्पर्क राख्नको लागि हार्दिक अनुरोध गर्दछौ ।
व्यवस्थापन समिति
दक्षिणपूर्व क्षेत्रीय तमूधीँ, प्लमस्टिड, लण्डन ।
सम्पर्क व्यक्तिहरु –
Shrichandra Gurung (07859039090) or Mon Gurung (NTV) (07853239331) or Khadka Bahadur Gurung (07737664779)