लाखौँ मुटुकी धडकन सुन्दरी प्रशिक्षक ‘क्याटरिना’

लाखौँ मुटुकी धडकन सुन्दरी प्रशिक्षक ‘क्याटरिना’


विश्वमा फुटबल कति लोकप्रिय छ त्यसको चर्चा नगर्नु नै वेस होला । त्यस्तै फुटबलले कति खेलाडीलाई लोकप्रिय र विश्व चर्चित बनाएको छ, त्यसको पनि लेखाजोखा छैन ।

फुटबलकै कारण डेविड बेकह्यामको कति ह्याण्डसम छन् त्यसको पनि पर्दाफास भएको थियो । बेकह्याम जति ह्याण्डसम थिए, त्यसमा जलप लगाउने कार्य फुटबलले गरेको थियो । फुटबलले गर्दा नै उनी रातारात विश्वभरि चर्चित बनेका थिए । नाम र दाम मात्र नभई लाखौँ युवा, युवतीका ढुकढुकी बन्न सफल भएका थिए ।

फुटबलसागै वेकह्यामको ह्याण्डसमपनदेखि विश्वका लाखौँ युवती फ्यान थिए । उनलाई मनपराउने र डेटिङ गर्न जाने लाखौं युवतीहरुको विश्वभरि भिड थियो । यसरी उनी फुटबलका फ्यानहरुको मात्र नभै युवतीहरुको पनि त्यत्तिकै प्रिय पात्र बनेका थिए । साँचो रुपमा भन्नुपर्दा विश्वभरि बेकह्यामलाई मन नपराउने व्यक्ति नै थिएन ।

अहिले महिला फुटबल रेफ्री क्याटरीना कोस्टियुनीना आफ्नो सुन्दताले विश्वचर्चित बनेकी छिन् । क्याटरिनालाई मन पराउने युवाहरुको सङ्ख्या लाखौँ छ । क्याटरीना फुटबल मैदानमा फुटबल खेलाउँदा निकै कडा रुपमा प्रस्तुत हुन्छिन् । खेलाडीहरुले गर्ने सानातीना गल्तीमा समेत उनी नसिहत दिन पर्दैनिन् । खेलाडीलाई अनुशासित भएर खेल्न बारम्बार चेतावनी दिइरहेकी हुन्छिन् । क्याटरिनाको यस्तो शैलीको अहिले फुटबलप्रेमी उनीप्रति दिवाना भएका छन् ।

अझ क्याटरीनाको सुन्दरताले उनको व्यक्तित्वलाई सुनमा सुगन्ध बनाउने कार्य गरेको छ । परिणाम अहिले क्याटरिनालाई मन पराउने विश्वभरि लाखौँ फ्यान छ । क्याटरीनालाई विवाहको लागि प्रोपज गर्ने र डेडिङको लागि प्रस्ताव राख्नेहरुको संख्या पनि त्यतिकै छ । यसरी अहिले क्याटरिना फुटबल प्रेमीको मुटुको धड्कन बनेकी छिन् । फुटबल खेलाडी डेविड वेकह्यामपछि उनी युवा र युवतीले फलो गर्ने अर्थात् सबैभन्दा रुचाएकी फुटबल प्रशिक्षक बनेकी छिन् ।