‘खिचडीमा चिनी, खिरमा नुनको स्वाद के हुन्छ ?’

‘खिचडीमा चिनी, खिरमा नुनको स्वाद के हुन्छ ?’


गएको स्थानीय निर्वाचनमा झापाको कनकाई नगरपालिकामा तराई–मधेश लोकतान्त्रिक पार्टीबाट उपप्रमुखमा स्वतन्त्र उम्मेदवार बनेका धर्मलाल राजवंशीले वर्तमान बाम गठबन्धनलाई चिनी हालेको खिचडीको संज्ञा दिएका छन् । झापाको घैलाडुब्बा बजारमा विहिबार आयोजित पार्टी प्रवेश कार्यक्रमर्ला सम्बोधन गर्दै राजवंशीले सत्ता स्वार्थका लागि बाम गठबन्धनका नाममा गरिएको गठबन्धनले तीन÷चार वटा झण्डा हल्लाएर हिँड्दा जनतामा विश्वास गुमेको बताए ।

बामगठबन्धनको कुनै अर्थ नरहेको बताउँदै राजवंशीले भने– ‘खिरमा नुन र खिचडीमा चिनी मिसाएजस्तै हो । खिचडीमा चिनी हाल्दा र खिरमा नुन हाल्दा त्यसको स्वाद कस्तो हुन्छ, आफैं विचार गर्नुस् ।’

चुनावी खेलमा हारजित जे भए पनि तीन÷चार वटा झण्डा हल्लाएर अल्मलिएको हिंडाइ भन्दा एक्लै हिँड्नु नै सन्तोषजनक हुने राजवंशीको सुझाव थियो ।

कार्यक्रममा नेपाल परिवार दलबाट २०७० को संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर–५ बाट समानुपातिक उम्मेदवार रहेका सत्यनारायण साह, राष्ट्रिय जनता पार्टी नेपालकी जिल्ला सदस्य अर्लावती राजवंशी सहित १ सय १५ जना बढी नेकपा एमाले लगायत विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रदेश गरेका थिए ।

नवप्रवेशीलाई झापा क्षेत्र नम्बर–२ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उद्धव थापा, क्षेत्र नम्बर–२ प्रदेश ‘क’का उम्मेद्वार लक्ष्मण खड्का लगायत समानुपातिक उम्मेद्वार तथा स्थानीय नेताहरुले स्वागत गरेका थिए ।

नारायणप्रसाद नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन गोविन्द चुडालले गरेका र स्वागत मन्तव्य गोविन्द प्रधानले दिएका थिए ।

– रेजिना गौतम