उखुको मूल्य तत्काल तोक्न सरकारसंग आग्रह

उखुको मूल्य तत्काल तोक्न सरकारसंग आग्रह


मोरङ सुनसरीका उखु कृषकहरुले उखुको मुल्य तत्काल तोक्न सरकारसंग आग्रह गरेका छन् । उखु काट्नुपर्ने समय नजिक आईसकेको र सरकारले अझै सम्म मुल्य नतोकेकाले उखु विक्रीमा समस्या आउने भएकाले मुल्य तोक्न आग्रह गरेका हुन् ।

उखु उत्पादक र चिनी मिल बीचको सुझाव अनुसार सरकारले उखुको मुल्य निर्धारण गर्दै आएको छ । गतवर्ष चिनीको मुल्य बढेका बेला उखु कृषकहरुले उखुको मुल्य ५ सय ८५ रुपैयाँ प्रति क्वीन्टल माग गरेकोमा चिनी मिलहरुले ४ सय ९२ रुपैया मात्र दिने भनेपछि विवाद भएको थियो ।

यसपटक सुनसरी अमाहीबेल्हास्थित इष्टर्न सुगर मिलले पुरानो बक्यौता रकम सबै दिएकाले उखु कृषकहरु उत्साहित भएको मुल्य तत्काल तोके उखु काट्न सजिलो हुने सुनसरी मोरङ उखु उत्पादक संघका कार्यवाहक अध्यक्ष शैलेन्द्रराज पाण्डेले जानकारी दिए ।