विश्व कुराँस च्याम्पियनसीपमा प्रतिस्पर्धा गर्दै भगवति

विश्व कुराँस च्याम्पियनसीपमा प्रतिस्पर्धा गर्दै भगवति


सिनियर विश्व कुराँस च्याम्पियनसीपमा भगवति माझीले सहभागिता जनाउने भएकी छिन । प्रतियोगिता टर्किको इस्तानबुलमा डिसेम्वर १ देखि ४ तारिखसम्म संचालन हुँदैछ । भगवतिले उक्त प्रतियोगितामा ५२ केजी तौल समुहमा प्रतिस्पर्धा गर्नेछिन् ।

भगवतिसँग नेपाल कुराँस संघकी उपाध्यक्ष प्रतिक्षा खरेल त्यसतर्फ लागेकी छिन् । खरेल प्रतियोगिताको दौरान हुने अन्तर्राष्ट्रिय कुराँस महासंघको कांग्रेसमा भाग लिने संघका अध्यक्ष दानबहादुर घिसिङले जानकारी गराएका छन् ।