बहुउद्देश्यीय कभर्ड हल बनाइने

बहुउद्देश्यीय कभर्ड हल बनाइने


नेपाल ओलम्पिक कमिटीले काठमाडौँ महानगरपालिका–१५ डल्लु आवास क्षेत्रमा भूकम्प प्रतिरोधात्मक बहुउद्देश्यीय कभर्ड हल बनाउने भएको छ ।

करिब छ रोपनीको क्षेत्रफलमा निर्माण गरिने उक्त हल आगामी पुसदेखि शुरु भई एक वर्षको समयावधिमा पूरा गरिनेछ । उक्त प्रयोजनका लागि अन्तर्रािष्ट्रय ओलम्पिक कमिटीले रु साँढे चार करोड नेपाल ओलम्पिक कमिटीलाई पठाइसकेको कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए । हलको संरचनासमेत तयार भइसकेको छ । इनडोर खेल सञ्चालनका लागि उपयोगी हुने र सो हल निर्माणमा डल्लु आवास स्थानीय सहयोग समितिले समेत केही रकम सहयोग गर्ने जनाइएको छ ।

यसैबीच स्थानीय खेलकुद विकास समितिले काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा नेकपा (एमाले) का उम्मेदवार जीवनराम श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यमा निर्वा्चित गर्न आवश्यक सहयोग गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष राजेन्द्र तुलाधरको संयोजकत्वमा उक्त संस्थामा आबद्ध खेलाडीको भेलाले श्रेष्ठलाई सहयोग गर्ने निर्णय गरेको हो ।

अध्यक्ष तुलाधरले लामो समयसम्म खेलकुद क्षेत्रको विकासमा क्रियाशील श्रेष्ठले त्यस क्षेत्रमा खेलको विकास गर्नमा योगदान पु¥याएकाले उनलाई नीतिनिर्माण तहमा पु¥याउनसकेमा सो क्षेत्रका साथै खेलाडीको समेत थप विकास हुने विश्वास व्यक्त गरे । नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका श्रेष्ठ विसं २०५३ -०६३ मा राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पनि थिए ।

राससका अनुसार उम्मेदवार श्रेष्ठले खेलाडीले अनुशासित भएर प्रदर्शन गरेको खेलकुदले देश र जनताको प्रतिष्ठा बढाउने बताउँदै सो क्षेत्रको विकासमा सरकारले आवश्यक लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए । उक्त समितिमा करिब एक हजार सदस्य आबद्ध छन् ।