गोकर्ण बिष्टले पोल र तार नभएको ठाउँमा ट्रान्सफर्मर पुर्‍याएपछि…

गोकर्ण बिष्टले पोल र तार नभएको ठाउँमा ट्रान्सफर्मर पुर्‍याएपछि…


आफूलाई विकासको विम्व भन्न रुचाउने गुल्मी क्षेत्र नम्वर दुईका उम्मेदवार गोकर्ण विष्टलाई २०७० को चुनावमा बोलेका कुरा अहिले पासो बनेको छ ।

२०७० को निर्वाचनलाई आफ्नो पक्षमा पारेका विष्ट त्यो क्षेत्रको विकासमा केन्द्रित नभएको र २०४८ सालमा अघि सारिएका केही काम बाहेक अन्य विकासका काम अघि नबढे पछि मतदाता विकल्प खोज्न थालेका छन् । यसै कारण विष्ट आत्तिएका छन् ।

एमाले नेता बिष्टले यसपाली पनि आफ्नो चुनावी कार्यक्रमलाई थप प्रगतिशिल देखाउने नाममा बिजुलीका पोल र तारै नझरेका ठाउँ सिर्सेनी लगायतका केही वडामा विद्युातीय ट्रान्सफरमर झारेर फेरि पनि गुल्मेली जनतालाई झुक्याउने प्रयत्न गरेको स्थानियको गुनासो छ ।

२०७० सालको दोस्रो संबिधानसभाको चुनावमा दुई वर्ष भित्र साबिकको तीन नम्बर क्षेत्रका अठ्ठाइस गाविसमा बिजुली बालिदिने प्रतिवद्धता गरेर जितेका बिष्टले हालसम्म अपवाद बाहेक केही गर्न सकेका छैन् ।

विजुली कस्तो हुन्छ भन्ने विषयमा थाहै नपाएका कतिपय क्षेत्रका स्थानीयलाई ट्रान्सफर्मर आएकोले अब बत्ति बल्छ भनेर भ्रम पारिएको स्थानिय बताउँछन् ।