सैनिक र एलएलाई फुटबल उपाधि

सैनिक र एलएलाई फुटबल उपाधि


वीरेन्द्र सैनिक र आयोजक लिटिल एन्जल्स (एलए)ले दोश्रो एलए अन्तरकलेज खेलकुदअन्तर्गत फुटबल उपाधि जितेका छन् । सैनिकले ब्वाइज तथा एलएले गल्र्सतर्फको उपाधि जितेका हुन् ।

हात्तीवनमा भएको ब्वाइज फाइनलमा सैनिकले आयोजक एलए ‘ए’ लाई ३–० गोलले पराजित गरेको हो । विधागत उत्कृष्टको गोलरक्षकमा एलए ‘ए’ का ओमनाथ क्षेत्री, डिफेन्समा सैनिकका प्रसिद्ध खड्का, मिडफिल्डमा एलए ‘ए’ का मोहित तिन्करी तथा स्ट्राइकरमा एलए ‘ए’ सरोज राई उत्कृष्ट चुनिए । प्रतियोगिता अवधिमा १० गोल गरेका सैनिकका सुनील श्रेष्ठ सर्वा्धिक गोलकर्ता बने ।

महिलाको उपाधि भिडन्तमा एलएले मेगा नेसनल कलेजलाई २–० गोलले पराजित गरेको थियो । विजयी टिमका लागि सौजन्या पौडेल र सुनकली बुढाले १–१ गोल गरेका थिए ।