‘फ्लप’ योजनाका फन्दामा परेकै हुन् त इलामका हेभिवेटहरु ?

‘फ्लप’ योजनाका फन्दामा परेकै हुन् त इलामका हेभिवेटहरु ?


दुई दशक भन्दा बढि सो जिल्लाबाट एकछत्र प्रतिनिधित्व गर्दा पनि जिल्लाको विकास निर्माणमा खासै गतिदिन नसकेका बरु जनस्तरमा बढाइएका कामहरुमा अवरोध सिर्जना गरेको कारण प्रदेश सभाका बाम उम्मेद्धारहरुले पनि खनाल र नेम्वाङले विगारेका योजनाहरुको जवाफ दिँदै हिँड्नुपरेको इलामबाट प्राप्त समाचारमा उल्लेख छ ।

वरिष्ठ नेता झलनाथ खनाललाई इलाम क्षेत्र न १ को सूर्योदय नगरपालिका ४ श्रीअन्तुका युवा बुद्धकाजी लाप्चाले छब्बिसे बजार नजिकको २६ नम्बर नेपाल भारत सीमा पिल्लरनजिकको जमिन मिचेर भारतीयले विद्यालय चलाउँदा किन नबोलेको भन्दै सार्वजनिक रुपमै प्रश्न गर्नुभयो ।

लाप्चाले सामाजिक सञ्जालमा अतिक्रमित भूमिको तस्विर राखेर लेख्नुभएको छ, “सम्मानित ओहोदामा रहेर पनि सदनमा एक शब्द उठान नगर्नु र चुनावको मुखमा राष्ट्रियताको चर्को नारा लगाउनु ।”

लाप्चाले जस्तै प्रश्न सिमाक्षेत्रका बासिन्दाले पटक पटक चुनाव जितेका खनालसमक्ष उठाएका छन् । फाटकमा दश गजा मिचेर बनेका गुम्बाका विषयमा खनालले कुने पहल नगरेकोमा पनि निर्वाचनमो संघारमा खुब आलोचना भैरहेको छ । उनलाई पशुपतीनगरमा अध्यागमन केन्द्र स्थापना गर्ने पुरानो चुनावी नारा किन पुरा नगरेको भनेर पनि मतदाताले सोध्ने गरेका छन् ।

खनाललाई जस्तै पुराना घाउले पिरोल्दैछ एमाले नेता तथा संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङलाई पनि । कतिपय सवालको जवाफ दिन नेताहरुलाई पनि सकस पर्ने गरेको छ ।

इलामको निर्वाचन क्षेत्र न २ का साविक १६ गाविस समेट्ने सपना बाढेको गैडे महमाइ सडकको काम २०५७ सालमा शुरु भएको थियो । सडकको ट्याक खुले पछि तत्कालीन संविधान सभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङले सेनामेनासहित स्थानीय गोतामे स्कुलमा पुगेर २०६३ सालमा सडकको उद्घाटन गर्नुभयो र तर त्यो बाटोमा उहाँ फर्केपछि केहिल्यै यात्रु वाहक गाडि चलेनन् । स्यानीय मतदाताका अनुसार एक बर्ष सम्म ट्याक्टर चल्यो त्यसपछि केहि चल्न सकेन । तर , अहिले पनि त्यो सडकमा बजेट खर्चगर्न रोकिएको छैन । नेम्वाङलाई मतदाताले सो सडक किन नबनाएको भनेर सोध्ने गरेका छन् ।

गैडे महमाई १४ किलो मिटर सहित सबै गाविसलाई समेट्ने सडकको लम्बाई २६ किलो मिटर भन्दा बढि छ । पछिल्लो समयमा केन्द्रबाट विभिन्न खण्डको नाममा सो सडककै लागि रकम आउने गरेको छ ।

तत्कालिन जिल्ला विकास समिति इलामको रेकर्डमा २०६३ साल देखि २०६८ सम्ममा मात्र केन्द्रिय बजेटनै ६७ लाख रुपयाँ खर्च भएको देखाएको छ । २०६८ असार ३२ गते योजना शाखाले गैडे महमाइ सडकको काम सम्पन्न भएकाले धलौट बापतको रकम ३ लाख ३५ हजार फिर्ता गर्न अनुरोध गरेका छन् । यस भन्दा अघि पछिको हिसाव जिल्ला विकास समितिले पनि फेला पार्न सकेन ।

प्राविधिकहरुले सो सडक भौगोलीक रुपमा चल्न नसक्ने कतै उल्लेख गरेका छैनन् । सो सडकमा वितेको दुई बर्षमा एक पटक सात लाख चालिस हजार खर्च भएको छ भने एक पटक दश लाख भएको छ । सबै खर्चमा नेम्वाङका स्वकिय सचिव बुद्धिले परिचालन गर्नुभएको छ । उहाँले कोषाध्यक्ष बनेर ठुलो रकम खर्च गरेको र नेम्वाङले यस्तै योजना मार्फत चुनावी खर्च जुटाएको मतदाताको आरोप रहेको छ ।

गैडे महमाई सडक निर्माण भएको भए महमाई लगायतका इलामको क्षेत्र न २ का बासिन्दाको झापा संगको आवत जावत सहज हुने स्थानीयको तर्क छ । त्यहाँको कृषि उपज तराईको बजारमा पु¥याएर विक्री गर्न सकिने भएकाले सडक चुरे क्षेत्रका बासिन्दाको आय आर्जनका लागि समेत फलदायी हुने उनीहरुको अपेक्षा छ ।

प्राविधिक रुपमा कमजोर धरातलमा निर्माण गरीएको सडक कार्यकर्ता पोष्ने र सालका रुख काट्ने नियत मात्र देखिन्छ ।

मोटरेवल सडक निर्माण समिति भनिए पनि यो समितिले ट्याक बनेको बाटोलाई पनि सञ्चालन गर्न सकेन । अहिले गोरेटो बाटो मात्र छ । गैडे सामुदायीक वनमा पर्ने करिब पाँच किलो मिटर बाटोमा ट्याक पनि खोज्नु पर्र्ने अवस्था छ । तारे भिरमा त ट्याकपनि छैन । तर त्यहि भिरका लागि २०६६ सालमा १५ लाख रुपयाँ खर्च भएको तत्कालीन जिल्ला विकास समिति इलामसंगको सम्झौता पत्रले देखाउँछ । यो एउटा उदहारण हो तर अहिले सम्मको रकम बालुवामा पानी भएको छ । स्थानियले गोलीया लिन र भोट माग्न मात्र सडकको प्रयोग भएको आरोप लगाउने गरेका छन् ।

गैडे–महमाई सडक नेम्वाङको असफल योजनाको रुपमा लिने गरिएको छ । झापाको पुरानो सतासीधाम गाविसबाट लक्ष्मीमार्गसम्म करिव चौध किलामीटर बाटो बनाउन अहिलेसम्म एक करोड भन्दा माथी लगानी भएको छ ।

धेरैले ठम्याएका थिए बाटोको पहिलेको नक्सा परिर्वतन गरेपछि दालमा केहि कालो छ । पछि त्यस्तै भयो । प्राविधिकले पहिले केहि तलबाट बाटोको नक्सा बनाएको थियो । तर, ठुलावडाले बाटोको नक्सानै परिर्वतन गरिदिए । बाटो मात्र परिर्वतन गरेनन् मन्त्रि परिषदबाट दुई सय भन्दा बढि रुख काट्ने अनुमति पनि पारित गराइयो ।

उसबेला बाटोमा परेका २ सय ११ वटा सालका रुखका काठहरु विक्री गरेर बाटोमै लगाइयो । स्थानीय बासिन्दा रुख भएतिर बाटो लगेकाले सामुदायीक बनको काठ काट्न मात्र बाटो बनाएको आरोप लगाउँछन् । बाटोका छेउमा देखिने रुखका ठुटाले स्थानीयको आरोपलाई पुष्टी गर्दछ । बाटो बनेपछि महमाइको बन भने सखाप भएको छ । सो सडकले सृजना, भावना, लक्ष्मी, फुलबारी, गैडे लगायतका सामुदायीक वनलाई छोएको छ । सडक बनेपछि सामुदायीक बनको काठभने बाहिरीएको थियो ।

गैडे महमाइ सडकको कागज अनुगमन गर्दा धेरै नयाँ र आश्चर्यजनक प्रमाणहरु फेला परे । जिल्ला विकास समितिको एउटा प्राविधिक प्रतिवेदनमा १२ दिनमा १५ लाख भन्दा बढि रकम खर्च गरेको प्राविधिकको विल फेला प¥यो ।

ढुङ्गा माटो खन्ने तथा ढुङ्गा सोलिङ गर्ने काम २०६४ असार १० मा शुरु भएको छ भने असार २२ मा सबै काम सम्पनन भएको जिल्ला विकास समिति इलामका प्रविधिकले विल बनाएका छन् ।

समितिले १५ लाख १८ हजार ४९७ रुपयाँ खर्च गरेको प्रविधिकाको प्रतिवेदनमा उल्लेख छ । २०६६ जेष्ठ १२ मा सम्पन्न भएको योजना कार्तिक २९ मा सम्पन्न भएको थियो । दोमुखा लालखोला खण्डमा काम भएको धरौटी रकम फिर्ता माग्न समितिले पेश गरेको पत्रमा जिविसका प्राविधिक गोविन्द ढकालले काम राम्रो भएको प्रतिवेदन दिनुभएको छ ।

१५ लाखको अनुदानमा २०६६ बैशाख १३ मा शुरु भएको योजना पनि २०६६ असार २९ मा सम्पन्न भएको पाइएको छ । प्राविधिकहरु भन्छन् ‘यस्तो काम त चमत्कार हुँदा मात्र हुन्छ ।’ अहिले पनि सो सडकमा बजेट छुट्याउने क्रम जारी रहेको काफ्ले बताउनुहुन्छ ।

पूर्व प्रधानमन्त्री एव नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, संविधान सभा अध्यक्ष सुभाषचन्द्र नेम्वाङ गृह जिल्ला इलाममा सरकारी बजेट बालुवामा पानी भएको कारण चुनावको मुखमा उम्मेद्धारलाई भने पुरानो घाउमा मलम लगाउनै समय खर्चनु परिरहेको उम्मेद्धारका निकटहरु बताउँछन् । सभामुख सुवास नेम्वाङ्ग इलाम जिल्लामा धेरै योजना ल्याउनेमा पर्नुहुन्छ । धेरै विफल र निश्क्रिय भएका योजना पनि उहाँकै छन् । उहाँकै सकृयतामा आएको शीत भण्डार पनि चल्न सकेको छैन ।

नेताकै चासोमा भारतीय दुतावासले बनाएको शीत भण्डार क्षमता अनुसार चल्न सकेको छैन । त्यहाँ ५ करोड फसेको छ । कहि समय अघि यसलाई मल्टी चेम्बरको बनाउन नेम्वाङले पहल गरेपनि त्यो काम अघि बढेन । विराटनगरदेखि झापासम्मका शीत भण्डार सिंगल च्याम्वरमा पनि राम्ररी चलेको थाहा नपाएपछि दुतावासलाई प्रस्ताव लेख्न कर्मचारीले मन लगाएका छैनन् ।

यसमा पनि नेम्बाङकै पहल रहेको थियो । “नेपाल–भारत मैत्री शीत भण्डार” नाम को भण्डार नचल्दा दुतावाससंग ‘मैत्री सम्बन्ध’ हैन चित्त दुखाईको विषय बनेको नगरपालिकाका एक कर्मचारी बताउँछन् ।