राष्ट्रिय टोलीका कप्तान महेश क्षेत्री सम्मानित

राष्ट्रिय टोलीका कप्तान महेश क्षेत्री सम्मानित


राष्ट्रिय क्रिकेट खेलाडी महेश क्षेत्री नेपालगन्ज स्पोर्टस अनरबाट सम्मानित भएका छन । नेपालगन्जमा जन्मिएर नेपाली क्रिकेटको विकासमा महत्वपुर्ण योगदान पु¥याएवाफत क्रियटिभ ह्यान्ड्सले सम्मान गरेको हो ।

नेपालगन्जबाट क्रिकेट करियरको सुरुआत गरेका महेशले बाँके, मध्यपश्चिमको कप्तानको रुपमा घरेलु प्रतियोगितामा खेलिरहेका छन । मध्य तथा सुदूरपश्चिम क्षेत्रबाट खेल करियर सुरु गरेर राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा महत्वपुर्ण सफलता हासिल गरेका खेलाडीलाई क्रियटिभ ह्यान्ड्सले सम्मान गर्दै आएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, क्रियटिभ ह्यान्ड्सका अध्यक्ष टिएस ठकुरी, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिकी कोषाध्यक्ष मेनुका पछाईंलगायतले महेशलाई सम्मान गरेका थिए । महेशलाई सुजुकीको स्कुटर सहित अवार्ड प्रदान गरिएको थियो ।

राष्ट्रिय क्रिकेटर महेश अहिले नेपाली सेनाको क्रिकेट टिमका कप्तान हुन् । उनले अमेरिका र लन्डनबाट ब्यावसायिक क्लब क्रिकेट खेलिसकेका छन् । नेपालगन्ज स्पोर्टस अनरबाट सम्मानित हुने महेश दोस्रो खेलाडी हुन । क्रियटिभ ह्यान्ड्सले यसअघि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी पहिलो कप्तान नेरी थापालाई स्कुटर र अवार्डबाट सम्मान गरेको थियो ।

सन् २००२ मा अन्डर १५ टोलीबाट क्रिकेट करियर सुरु गरेका क्षेत्रीले सन् २००५ मा अन्डर १९ राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । सन् २००६ मा मलेसियामा भएको एसीसी ट्रफीमा सिनियर टोलीबाट पहिलो खेल खेलेका क्षेत्री, नेपालको ट्वान्टी ट्वान्टी विश्वकप छनोट यात्राका सदस्य थिए ।
सम्मानित भएपछि प्रतिक्रिया दिदै क्रिकेटर क्षेत्रीले आफूले खेलजिवनमा पाएको सबै भन्दा ठूलो सम्मानको रुपमा व्याख्या गर्दै आयोजक संस्था क्रियटिभ ह्याण्न््सलाई धन्यवाद दिए । आफूले खेल जिवनमा ठूलो संघर्ष गरेको बताउदै उनले यस प्रकारको सम्मानले उर्जा प्राप्त भएको उल्लेख गरे । उनले भने, ‘खेल जिवनमा मैले ठूलो संघर्ष गरेको छु । निकै दुःख पाएको छु तर आज सम्मानित हुदाँ निकै उर्जा प्राप्त भएको छ । देशका लागि अझै मेहनत गर्नेछु ।’
सदस्य–सचिव केशवकुमार विष्टले क्रिकेटर क्षेत्रीले नेपाली खेलकुद क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै खेलाडीको सम्मानका लागि आयोजक संस्थाले गरेको प्रयासको प्रशंसा गरे । उनले भने, नेपाली खेलकुद लागि आयोजक संस्थाको योगदान निरन्तर रहोस् । राखेप सदैव सहयोगका लागि तयार छ ।’
कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष टिएस ठकुरीले यस प्रकारको सम्मान कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने बताए । सम्मान कार्यक्रम आयोजना गर्न विभिन्न व्यक्ति र संस्थाले सहयोग गरेको स्मरण गर्दै उनले सबैको साथ र सहयोगले कार्यक्रम गर्न सफल भएको बताए । खेल र खेलाडीलाई सम्मान गर्ने कार्यक्रम आगामी दिनमा समेत निरन्तरता दिने उनको प्रतिबद्धता थियो ।