विश्वकपमा इङ्ल्याण्ड र जापान सहज समुहमा

विश्वकपमा इङ्ल्याण्ड र जापान सहज समुहमा


आगामी वर्ष रसियामा आयोजना हुन गैरहेको विश्वकप फुटबल प्रतियोगिताको हालै ‘ड्र’ निकालिएको छ । छनोट चरण पार गरेर विश्वकपमा स्थान बनाएका ३२ राष्ट्रहरुबीच अन्तिम प्रतिस्पर्धाका लागि ‘ड्र’ निकालिएको हो । सन २०१८ को १४ जुन १४ देखि १५ जुलाईसम्म विश्वकपको आयोजना रसियाले गर्दैछ ।
विश्वकपको ‘ड्र’मा ३२ राष्ट्रलाई ८ समुहमा विभाजन गरिएको छ । विभिन्न आठ समुहमा चार, चार वटा मुलुकको लिगचरणमा प्रतिस्पर्धा गर्नेछन । लिगचरणमा उत्कृष्ट दुई टोली क्वाटर फाइनलमा पुग्नेछन्, अर्थात नकआउट चरणमा प्रवेश गर्नेछन ।

यो पटकको विश्वकपको समुह ‘ए’ मा आयोेजक राष्ट्र रसियासहित साउदी अरेविया, इजिष्ट र उरुग्वे परेका छन । तुलनात्मक रुपमा आयोजक रसियाका लागि यो समुह सहज लागेपनि साउदी अरेविया र इजिप्टको प्रदर्शनमा उसको नकआउट चरणमा ढोका खोल्ने छ । समुह ‘ए’ मा रसिया र उरुग्वे दोश्रो चरणका लागि प्रबल दावेदार मानिएको अड्कल काटिएको छ ।

समुह ‘बी’ मा पोर्चुगल, स्पेन, मोरक्को र इरान परेका छन । यो समुहमा स्पेन र पोर्चुगललाई नकआउट चरणमा पुग्ने अनुमान गरिएको छ । युरोपमा दबदवा मच्चाएका यी दुई टीम अन्य टीम मोरक्को र इरानभन्दा बलिया देखिएका छन् । त्यस्तै समुह ‘सी’मा फ्रान्स, पेरु, अष्टे«लिया र डेनमार्क परेका छन । यो समुह अन्य समुहभन्दा तुलनात्मक रुपमा कठिन मानिएको छ । यो समुहमा जस्ले पनि बाजी मार्न सक्छ ।

त्यस्तै समुह ‘डी’मा अर्जेन्टिना, आइसल्यान्ड, क्रोएसिया र नाईजेरिया परेका छन । तुलनात्मकरुपमा अर्जेन्टिना यो समुहमा अन्य टोलीभन्दा बलियो देखिएको छ । र पनि, अन्य टोलीले अर्जेन्टिनालाई कडा चुनौंति दिने देखिएको छ । समुह ‘इ’मा ब्राजिल, स्वीट्जरल्याण्ड, कोस्टारिका र सर्विया परेका थिए । ब्राजिलको लागि यो समुह सहज देखिएको छ । अन्यविच नकआउट चरणमा पुग्न निकै कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

यसैगरि समुह ‘एफ’मा जर्मनी, मेक्सिको, स्वीडेन, दक्षिण कोरिया परेका छन । यो समुहलाई कठिन समुहको संज्ञा दिइएको छ । जर्मनीले नकआउट चरणमा पुग्न कडा चुनौंतिको सामना गर्नुपर्ने देखिन्छ । एसियाली राष्ट्र दक्षिकोरियाले उत्कृष्ट प्रदर्शन गरेको खण्डमा राम्रै दोश्रो चरणमा पुग्ने देखिन्छ । त्यस्तै समुह ‘जी’मा बेल्जियन, पानामा, ट्युनिसिया र इङ्गल्याण्ड परेका छन । यो समुह इङ्गल्याण्डको लागि सहज देखिएको छ । समुह ‘एच’ मा पोल्याण्ड, सेनेगल, कोलम्विया र जापान परेका छन । प्रायजसो विश्वकपमा कठिन समुहमा पर्ने जापानलाई यो पटक सहज देखिएको छ । जापानको नकआउट चरणमा पुग्ने सम्भावन बलियो देखिएको छ ।