मानवतस्करीमा मुछिएका गुरुङ निलम्वित, गल्ती गर्नेलाई विष्टले नछोड्ने

मानवतस्करीमा मुछिएका गुरुङ निलम्वित, गल्ती गर्नेलाई विष्टले नछोड्ने


राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केसवकुमार विष्टले परिषदका सदस्य फत्तवहादुर गुरुङलाई निलम्वन गरेका छन् । गुरुङलाई सदस्यसचिव स्तरीय निर्णय गर्दै निलम्वन गरिएको सदस्यसचिव विष्टले जानकारी गराएका छन् ।

विभिन्न संचारमाध्यमले राखेपका सदस्य गुरुङले खेलकुदको दुरुपयोग गर्दै गैरखेलाडीलाई जापान लगाएका मुुलुकमा मोटो रकम असुलेर पठाउँदै आएको खुलासा गरेका थिए । सो कुराको सार्वजनिक रुपमा पीडितले जानकारी गराएपछि गुरुङको खेलभित्रको मेनपावरको धन्धाको पर्दाफास भएको थियो । त्यसपछि गुरुङले आफुले जापान पठाउन गैरखेलाडीवाट १० लाख रुपैयाँ लिएको स्वीकार गरेका थिए । जस्को फेहरित्त घटना र विचारले क्रमिक रुपमा पाठक समक्ष राख्दै आएको छ ।

यहि तथ्यको आधारमा सदस्यसचिव बिष्टले गतसाता परिषदका सदस्य फत्तवहादुर गुरुङसंग स्पष्टिकरण सोधेको थियो । गुरुङले राखेपले सोधेको स्पष्टिकरणको जवाफ दिएपनि चित्त बुझ्दो तरिकाले नदिएको सदस्य सचिव विष्टले जानकारी गराएका छन । गुरुङ अस्पष्ट जवाफका कारण उनीमाथि थप छानविन गर्नुपर्ने जरुरी भएकोले अहिले गुरुङलाई अनिश्चितकालको लागि निलम्वन गरिएको विष्टले बताएका छन् ।

अहिले हामी थप प्रमाण जुटाइरहेका छौं, प्रमाण जुटेपछि गुरुङलाई कारवाहि गर्छौं, विष्टले भने । खेलकुदलाई मेनपावरको थलोको रुपमा विकास गर्ने र खेलकुदको राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा बदनाम गर्नेलाई कस्तो कारवाही हुन्छ भन्ने प्रश्नमा विष्टले भने अहिले मुलुकमा चुनावको माहोल छ, चुनाव सकिएलगत्तै थप प्रमाण जुटाएर गुरुङलाई कारबाही गरिने बताए । साथै विष्टले खेलकुदको मानमर्दन व्यक्ति जोसुकै भएपनि गल्ती गर्नेले सजायको भागिदार हुन्छ भन्दै त्यो आफुले गरेर देखाउने सम्मेत प्रतिवद्धता जाहेर गरेका थिए ।

नेकपा एमालेका बरिष्ट नेता ओलीको नजिक भएको बताउँदै आएका गुरुङलाई अब सदस्यसचिवले कस्तो कारवाही गर्छन्, त्यो प्रतिक्षा गर्नु नै उपयुक्त होला ।