नेपाली काँग्रेस क्षेत्र नं १ को आयोजनामा बृहत चुनावी सभा काभ्रेको भकुण्डेबेंशीमा सम्पन्न भएको छ । सभामा प्रमुख अतिथि केन्द्रीय सदस्य बद्री पाण्डेले मुलुकको विकास र समृद्धि चाहने हो भने निर्वाचनमा काँग्रेसलाई जिताउनुपर्ने बताए ।
यसैगरी बिशेष अतिथि केन्द्रीय सदस्य बहादुरसिंह लामाले विगतमा विकास कार्य गरेको दल र व्यक्ति पहिचान गरेर मत हाल्न आग्रह गरे ।
यसैगरी प्रतिनिधि सभा सदस्य उम्मेदवार तिर्थबहादुर लामाले कम्युनिस्टको आश्वासनपछि नलागिकन क्षेत्रमा र मुलुकमा समृद्धि ल्याउनको लागि आफुलाई मतदान गर्न आग्रह गरे ।
राप्रपा नेपालका प्रतिनिधि समानुपातिक उम्मेदवार एवं पुर्वमन्त्री सत्यमान लामाले अहिलेसम्म मुलुकमा समृद्धि भएको नै प्रजातन्त्र भएकोले साम्यवादले विकास नहुने बताए ।
प्रदेश १ का उम्मेदवार चन्द्रबहादुर तामाङले साम्यवादले विकासोन्मुख मुलुकलाई आफ्नो नियन्त्रणमा राखेर व्यवसायीलाई स्वतन्त्र लगानीबाट वञ्चित गराउने भएकोले काँग्रेसलाई जिताउन आग्रह गरे ।
प्रदेश २ का अर्का उम्मेदवार गणेश लामाले प्रजातन्त्र नै जनताको स्वतन्त्रता हो त्यसैले काँग्रेस जिताउन अपरिहार्य बताए ।
अतिथिहरु नेका काभ्रेका पुर्व सभापति शिवप्रसाद हुमागाई, पुर्व सभासद हर्षजित लामा, शंखबुद्ध लामा, तिर्थ पासाकल, रमेश हुमागाई, महाधिवेशन प्रतिनिधि एवं रोशी गाउँपालिका अध्यक्ष डिबि मोक्तान , भिम बहादुर तामाङ लगायतले आ आफ्नो मन्तव्य राखेका थिए ।
चुनावी सभामा कलाकारहरु हरि कर्माचार्य , रोज मोक्तान , अनिल वाइबा लामा, प्रिति आले, मरिचमान श्रेष्ठ ´बल्छी धुर्वे´ लगायतले काँग्रेसलाई मतदानको लागि उत्साहित पार्ने प्रस्तुति पस्केका थिए ।
निर्वाचन परिचालन समितिको संयोजक दिनेश लामाको सभापतित्वमा सम्पन्न उक्त सभामा अन्य पार्टी परित्याग गरेर १ हजार भन्दा बढी कार्यकर्ता नेपाली काँग्रेस प्रवेश गरेका छन् । -अर्जुन बहादुर तामाङ
प्रतिक्रिया