नेपाली खेलाडी करुणा महर्जनले चौथो क्यापिटल इन्टरनेसनल स्टुडेन्ट्स युनिभर्सिटी उसु च्याम्पियनसिपमा कांस्य जितेकी छन् । नेपाल आर्मीका उसु प्रशिक्षक राजिव महर्जनले दिएको जानकारी अनुसार करुणाले थाइची छ्वानमा कांस्य जितेकी हुन् ।
प्रतियोगिता चीनको बेइजिङमा भएको थियो । करुणा स्पोर्ट्स साइन्स अध्ययनका लागि हाल बेइजिङमै रहेको प्रशिक्षक महर्जनले जानकारी गराए ।

प्रतिक्रिया