नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य, पूर्वमन्त्री एवम् प्रतिनिधिसभामा काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार गगनकुमार थापासहित नेपाली कांग्रेसका कार्यकर्ताहरुमाथि भएको बम आक्रमणको निन्दा गर्दै घाइतेहरुको उचित स्वास्थ्योपचार र दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।
नेपाली कांग्रेसका नेता थापा चुनाव प्रचारप्रसारको क्रममा घरदैलो अभिायानमा हिँडिरहेको बेला काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं २ स्थित चपलीको महादेव कोलोनीमा उहाँलाई लक्षित गरी रिमोट कन्ट्रोलबाट गराइएको बम बिष्फोटमा परी घाइते हुनुभएको थियो । उहाँको कान ढाड र
खुट्टामा चोट लागेको छ ।
बम विष्फोटमा परी चुनावी अभियानमा खटिनुभएका नेपाली कांग्रेसका ध्रुव खड्का, जयराम लामिछाने, राजकाजी श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ सुमन खड्का, रविन्द्र कार्की, पुष्पबहादुर श्रेष्ठ, राधिका कार्की, काशीलाल श्रेष्ठ, रिमा बस्नेत र रोशन राम थापा घाइते हुनुभएको छ। घाइतेहरुको त्रिभुवन विश्वविद्यालयको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भैरहेको छ।
नेपाली कांग्रेसले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ,’नेपाली कांग्रेस र लोकतन्त्रप्रतिको उर्लंदो अपार जनलहरबाट अत्तालिएर दिनानुदिन नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुलाई लक्षित गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले कम्युनिष्ट गठवन्धनका कार्यकर्ताहरुले सुनियोजित तवरबाट बारम्बार यस प्रकारका घटनाहरु दोह¥याइरहनु अत्यन्त दुःखद विषय हो ।’
नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, पार्टीप्रति अगाध माया गर्ने आममतदाता यस्ता घटनाबाट रत्तिभर विचलित नहुने विश्वास लिएको छ।
नेपाली कांग्रेसले पार्टीका नेता एवं कार्यकर्ताहरुको हत्या नै गर्ने मनसायले गरिएको कम्युनिष्ट गठबन्धनको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गरेको छ । पार्टीले भनेको छ, ‘यस घटनाले शान्तिपूर्ण एवं निर्वाध रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो उल्लंघन गरेको छ र लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको छ । कांग्रेसले यस प्रकारका अवांछित क्रियाकलापहरु पुनः नदोहो¥याउन संबन्धित पक्षलाई चेतावनी पनि दिएको छ । साथै, घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ, विज्ञप्तीमा भनिएको छ ।’
प्रतिक्रिया