माओवादीलाई चेतना भया !

माओवादीलाई चेतना भया !


-दीर्घराज प्रसाई,
विदेशीहरुको चलखेल र दबावको कारणले पारिवारिक षडयन्त्र र सत्ताको भागवण्डामा अल्झेर परचक्रीहरुको अनेकौं षडषन्त्र भोग्दै आएको सार्वभौम नेपालको आफ्नै महानता छ । यसक्षेत्रको अस्मिता समाप्त गर्न बेलायती सम्राज्यबाट शुरुभएको षडयन्त्र अहिले सीआईए र क्रिस्चियन मिसनहरु खुलेर लागेका छन् । पृथ्वीनारायण शाहले क्रिस्चियन धर्म प्रचारक केपुचीन पादरीलाई देश निकाला गरेपछि राजसंस्थालाई वद्नाम गर्ने षडयन्त्रहरु प्रारम्भ हुँदै आएका छन् । पृथ्वीनारायण शाहले काठमाण्डौं उपत्यका विजय गरेपछि क्रिस्चियन धर्म प्रचारक केपुचीनलाई यहाँबाट धपाएर चर्चलाई अर्कै काममा प्रयोगमा ल्याएका हुनाले त्यही रिसले पृथ्वीनारायण शाहलाई वदनाम गर्न पृथ्वीनारायण शाहले कीर्तिपुरेहरुको १७ धार्नी नाक काटेका थिए भनेर केपुचीन पादरीका झुटा र कपोलकल्पित कुरा लेखेर पृथ्वीनारायण शाहलाई वदनाम गर्न कतिपय अंग्रेजहरुले लेखेका थिए । तर त्यसबेला पृथ्वीनारायण शाह नुवाकोटमा रहेका र त्यसरी नाक काट्ने आदेश दिएका थिएनन् । जितिसकेका एकीकृत राज्यका जनताको संरक्षण गर्नु पृथ्वीनारायण शाहले आफ्नो कर्तव्य ठान्थे । १७ धार्नी नाक काट्दा कति जनसंख्या चाहिन्छ ? तर नाक काटिएको झूठा कुरालाई पहाड बनाएर अंगे्रजले प्रचार गरे, पुस्तक लेखे । ती झुठा कुराहरु अहिले आएर केही जातीय र वामपन्थी नेताहरु सीआईए र त्रिस्चियन मिसनको षडयन्त्रका मतियार बनेर संघीयताको आधारमा राजसंस्था, हिन्दू तथा बौद्ध अधिराज्यको अस्मिता मेटाउन खोज्दैछन् ।

इतिहास बोल्छ- अंग्रेजसँगको युद्धपछिको किर्ते सुगौली संधिमा राजासँग कुनै सरोकारै नराखी राजाबाटै स्वीकृती भएको प्रोपोगण्डा फिजाएर नेपालको एकतिहाइ भूभाग खाने काम भयो । त्यसपछि सन् १८४० जुन २१मा राजसंस्थालाई नेपाली सेनाबाटै समाप्त पार्ने षडयन्त्र रचियो, त्योबेला फौजी व्यवस्थामा पूर्ण-अव्यवस्था र असंतोष थियो । देशभक्तहरु छानी-छानी हटाउने र भित्रभित्रै नयाँ भर्ना गर्ने काम भइरहेको थियो । यसैबेला राजालाई फसाउन अर्को षडयन्त्र रचियो । ‘सन् १८१५-१६मा अंग्रेजसँग युद्ध हुँदा ढिकुटीमा पैसा समाप्त भएको छ, फौजको बढाएको वेतन घटाउने, अस्थायी सेना हटाउने’ भन्ने राजाबाटै टुँडिखेलमा घोषण गराउनुपर्छ अनि आक्राशित फोजले राजालाई आक्रमण गर्नेछन्’ भन्ने षडयन्त्रको तान बुनेर ढुडिखेलमा फोजहरु सामेल गर्ने उर्दी गराएर राजालाई बोल्न लगाइयो । उर्दीअनुसार टुँडिखेलमा उपस्थित उत्तेजित फौजहरुले हातहतियार फालेर विद्रोह मच्चाए । अंग्रेजी दलाल प्रधानमन्त्री पुस्कर शाहको घरमा आगो लगाइयो र साथै पाँच मन्त्री भारदारको घर पनि ध्वस्त भयो । प्रहरी चौकी उडाए । तर त्यस्तो बेलामा फौजलाई सम्झाउन कोही पनि अगाडि सरेनन् । आखिरीमा राजा राजेन्द्रले भोलिपल्ट जुन २२मा फौजहरुको मागअनुसार काम गर्ने र फौजका अन्य समस्याहरुको पनि निराकरण गर्ने कुराको आश्वासन दिएपछि फौजहरु शान्त भएर फर्केका थिए । यसबाट पनि चित्त नबुझेपछि वि.सं. १९०३ असोजमा हत्याको षडयन्त्र रचेर जंगबहादुरलाई अगाडि सारेर कैयौं राष्ट्रवादी सपूतहरु मार्ने काम गराइयो । सारा अधिकार राजाबाट खोसेर अंग्रेजले उचालेकी रानी राज्यलक्ष्मीदेवीको हातमा हस्तान्तरण गराउने काम भयो । राजा अधिकारविहीन बनाइए । त्यहीबेलादेखि नेपालको दर्ुभाग्य प्रारम्भ हुन्छ ।
१०४ वर्षको अन्धकारको अन्धकार शासनपछि २००७ सालमा नेपालमा प्रजातन्त्र आएपछि पनि भारतीय हस्तक्षेप जारी रहन्छ । प्रजातन्त्रको उदयपछि भारतले नेपाली कांग्रेसलाई प्रयोग गरेर नेपालको राष्ट्रियता र प्रजातन्त्रलाई कुँजो बनाउने हतकण्डा अपनायो । २०१७ सालमा राजा महेन्द्रले भारतीय हस्तक्षेपबाट मुक्त हुन संसद भङ्ग गरी शासनभार ग्रहण गरे । नेपाली जनताले स्वदेश विदेशमा खुशियाली मनाए । राजा महेन्द्रले कदम नचालेको भए उसैबेला नेपालको अस्तित्व समाप्त भइसक्थ्यो । १० वर्षको अवधिमा राजा महेन्द्रको सक्रियतामा राष्ट्रिय-अन्तराष्ट्रिय क्षेत्रमा ठूल्ठूला उपलब्धि हासिल भई विश्वमा नेपाललाई चिनाउने काम भएको थियो । यसरी बारम्बार नेपालको राजसंस्था र राष्ट्रिय सेना ध्वस्त बनाउन विदेशी षडयन्त्रमा नेपालका पथभ्रष्ट नेताहरु सामेल हुँदै आएकाछन् । नेपालको राष्ट्रियतालाई सुदृढ बनाउन राजा महेन्द्रको नेतृत्वमा जे जति काम भए तापनि पञ्चायतभित्र ब्रम्हलुट मच्चाउने सूर्यबहादुर थापा, पशुपति शम्सेरहरु जस्ता दलालहरु राजाको प्रियपात्र बनेर पञ्चायती व्यवस्थालाई निरकुश बनाएर विपक्षलाइृ पेल्ने काम गरेका थिए । त्यसैको परिणाम संतुलन र नियन्त्रण कायम गर्ने सर्तमा २०४६ सालपछि वहुदलीय प्रजातन्त्र आयो । वहुदलीय व्यवस्थापछि पनि विदेशीले यहीका दलाल नेताहरुलाई बोकेर लुटतन्त्रमा परिणत गराए । २०४७ सालपछि राष्ट्रलाई ध्वस्त बनाउनमा गिरिजाप्रसाद कोइराला बने । पञ्चायतका र्सर्ूयबहादुर थापा र वहदलका गिरिाजा राष्ट्रका कलंक हुन् । यिनीहरुकै कारण नेपालीहरु राष्ट्रियता र प्रजातन्त्रबाट पीडित छौं । बीपी कोइराला नेपालका एक मात्र राजनीतिज्ञ थिए तर उनी पनि २०३३ सालभन्दा अगाडि भारतीय एम्बुल्सबाट मुक्त हुन सकेनन् । तर सिक्किम भारतमा विलय भएपछि मात्र नेपाली कांग्रेसका नेता बीपी कोइरालाले भारतीय षडयन्त्रलाई राम्ररी बुझर नेपाल फर्के । उनी नेपालको प्रजातान्त्रिक इतिहासमा चर्चित छन् । तर उनकै भाइ गिरिजा, मरेर गए पनि यो बिर्सन सकिँदैन कि भारतीय इशारामा नेपाल नै समाप्त पार्न लागे परे ।

गिरिजा प्रधानमन्त्री भएका बेलामा २०५८ साल असोजमा पशुपति शम्सेरकी पुल्पुल्याएर छोरी देवयानी राणालाई युराजाधिराज दिपेन्द्रसँग प्रेमको अभिनय गराएर देवयानीले भारतीय इशारामा राजा वीरेन्द्रको वंश लगायत राजपरिवारका दर्जनौ सदस्यहरुको हत्या गराइएको कुरा स्वदेशी विदेशी संचार माध्यमले प्रसारित गरे । तर हत्याकाण्डको दोषबिना प्रमाण राजा ज्ञानेन्द्रलाई बोकाउन भारतीय गुप्तचर संस्था ‘रअ’ को ग्रान्ड डिजायन्अन्तर्गत नेपालका कथित वुद्धिजीवीहरुलाई लेख्न लगाइयो । दिवयानी राणालाई कारवाही गर्ने कुनै प्रश्न उठेन । राजसंस्थालाई कम्जोर बनाएर आफ्नो कब्जामा पार्ने भारतीय षडयन्त्र सफल हुन नसकेपछि नेपाली कांग्रेस, एमाले, राप्रपा र सद्भावना पार्टीका नेताहरुलाई सारा सुबिधा, सुरक्षा र निर्देशन दिलाएर कथित १२ बुँदे सहमतिमा माआोवादी समेतलाई अनेकौं आश्वासन दिएर ससस्त्र जनआन्दोलनमा भिडाइयो । पछि राजासँग सम्झौता गराएर जनआन्दोलन रोकियो । जनआन्दोलन रोकिएपछि एकपछि अर्को गर्दै राजालाई कमजोर बनाउँदै अवैधानिक तरिकाले धर्मनिरपेक्ष, गणतन्त्र र संघीयताको वीजारोपण गराइयो । क्रमवद्ध षडयन्त्रमा माओवादी फसे तापनि अहिले आएर भारतीय विस्तारवाद र अमेरिकी सम्राज्यवादको खिलापमा बोल्न लागेको छ । यसै सन्दर्भमा राजा वीरेन्द्रको वंशनास गर्ने भारत नै हो भन्ने कुरा माओवादी नेता प्रचण्ड नै बोले । त्यसको वदलामा माओवादी नेता प्रचण्डलाई फसाउन २०६७ सालको प्रारम्भमा नैं खुल्लामञ्चको क्रिस्चियन आमसभामा बोल्न लगाइयो । प्रचण्डले बोले-र्’धर्मनिरपेक्षको बिरोध गर्नेलाई अपहरण गरिने छ ।’ भन्दा त्रिस्चियनहरुले परर ताली ठोके । तर यडयन्त्रमा फसेर, करोडौं नेपाली जनताको आस्था माथि चोट पुर्‍याउने गरी, यस्तो विवादास्पद कुरा किन बोले यसको रहस्य बुझ्न सकिएको छैन ।

स्वाभिमानी नेपालीहरुका हात, पाखुरा काटेर नेपालको राष्ट्रियतालाई एकपछि अर्को गर्दै सिध्याउने काम गरेर विदेशीहरुले नेतृत्व गरिरहेका छन् । संयुक्त राष्ट्र-अनमीन, अमेरिका यूरोपियन् राष्ट्रहरु जस्ता प्रजातान्त्रिक राष्ट्रहरु नेपाली जनताको मौलिक प्रजातान्कि पहिचान समाप्त गर्नमा किन लागिपरेका छन् – राष्ट्रिय एकताको सुत्रमा आवद्ध गर्न सक्ने राजसंस्था, हिन्दु अधिराज्य र राष्ट्रभाषा नेपाललाई चकनाचुर पारेर गणतन्त्र, धर्मनिरपेक्षताको बाटोबाट नेपालको पहिचान र राष्ट्रियताका स्रोतहरु भताभुङ्ग पार्ने काम भएको छ । भावनात्मक स्रोतहरु भत्काएर तर्राईको भूमि, नदीनाला, पहाड र हिमालीक्षेत्रमा हात बडाउन सजिलो ठानेर भारतीय गुप्तचर संस्था ‘रअ’ ले यहीका कुपुतहरुलाई प्रयोग गर्दै राजासँग वदलाको भावना राखेर जुन हतकण्डा अपनाइरहेको छ त्यसले भारतको लागि पनि खतरा भित्र्याएको कुरा अहिले भारतीयहरुले पनि बुझ्न लागेका छन् । नेपाल यसरी नैं ओरालो लागेको लाग्यै रहृयो भने भारत पनि टुक्रा-टुक्रामा परिणत हुने छ भन्ने कुरा जानिफकारहरु भन्छन् । । भारतले पनि याद गरोस कि नेपालीहरु सधैभरि यसरी भारतीय हस्तक्षेपको नाङ्गो नाच सहिरहने छैनन् । हदभन्दा बढी भारतको अत्याचार यसरी बढ्दै गयो भने भारतको बिरुद्ध चीनलगायत अनेकौं मित्रराष्ट्रहरुको सहयोग लिएर नेपालीहरु भारतको षडयन्त्रको प्रतिकारमा उत्रनको विकल्प छैन । हाम्रो अनुरोध छ, भारतीयहरुले नेपाली जनताको सम्वेदनशीलता बुझून् ।

नेपालको स्थायित्व, राष्ट्रियता र प्रजातन्त्रको सुदृढीकरण, अशान्ति, जातीय साम्प्रदायिक झगडा र गृहयुद्ध रोक्ने एकमात्र आधार स्तम्भ नेपालमा राजसंस्था नै हो । यसले चीन र भारत दुबै देशहरु बीचमा संतुलन कायम गर्दै आएको छ । अवको वास्तविकता पनि त्यही हो । अहिले राजा ज्ञानेन्द्रसँग आक्रोशित बन्नेहरुले राजा ज्ञानेन्द्रबाट के कस्ता राष्ट्रघाती काम भए त्यसको विवरण पेश गरुन् । राजा निरंकुश बनाउने कांग्रेस र एमाले र माओवादीहरु नै हुन् । उनीहरु राष्ट्रप्रति कहिले सम्वेदनशील बनेनन् र अझै बनेका छैनन् । यहाँ ज्ञानेन्द्र राजाको मात्र सवाल होइन । यो त सिङ्गो राष्ट्रको सवालको कुरा हो । राजसंस्था केही दलाल नेताहरुको खेलौना होइन । राष्ट्रियताको सवालमा नेपाली जनतासँग झुकेर राजा ज्ञानेन्द्रबाट जे जस्ता अवतरणहरु भएता पनि हुँडार र ब्वाँसारुपी भष्मासुरहरुलाई अगाडि लगाएर नेपालको भविष्य अन्धकार बनाएको नेपाली जनताले सहेर बसिरहने छैनन् । नेपालमा राष्ट्रियता, राजतनत्र र प्रजातन्त्रको बीचमा समन्वय र संतुलन गरेर हिड्नु नै समाधानको बाटो हो । सम्राज्यवाद र विस्तारवादीहरुको बिरद्ध बोल्ने माओवादीको राष्ट्रवादी धारल,े सम्राज्यवाद, विस्तारवादीसँग अहिले नझुकेर भिड्दै आएको राजसंस्थासँग सुखद् अवतरणको लागि माओवादीले हात मिलाएर हिड्नसक्नु पर्छ ।

स्मरण होस्- भष्मासुरहरुको चर्तिकलाको भविष्य हेर्न राजा ज्ञानेन्द्रबाट संघर्षको बाटो नरोजेर बुद्धिमत्तापूर्वक नारायणहिटी राजदरबार छोडेका थिए । त्यसको दुःखद परिणाम देखिँदैछ । सीआए, अनमीन, ‘रअ’ र यूरोपियन् राष्ट्रहरु षडयन्त्रको रुप थियो यो । अव त्यसको परिणाम सबैले भोग्नु पर्नेछ । कांग्रेस एमालेका नेताहरु त विदेशीका भरिया नै हुन् । माओवादी पनि यसमा नमुछिएको छैन । माओवादीको लागि वार कि पारको अवस्था छ । यो संकटको घडिबाट भारत, अमेरिकाको इशारामा बाँचेका काग्रेस, एमाले भित्रका राष्ट्रघातीहरुलाई परास्त गरेर जस्ले राष्ट्रलाई मुक्त गराउँछ उसैको जीत हुने छ । यसको लागि अहिलेको माओवादी ब्रि्रोह सत्तामुखी बनेर सम्राज्यवाद र विस्तारवादीको अचानोमा नपरी नेपालमा क्रिस्चियन राज्यर्,र् इस्वी सम्वत् घोषणा गर्ने साम्राज्यवादी शक्तिको जाललाई धोस्त पार्दै राष्ट्रवादी, माओवादीको संयुक्त प्रयासमा चाडोभन्दा चाँडो राजाको पुनर्स्थापनाको घोषणा गरेर राष्ट्र बचाउन सक्नुपर्दछ । अन्य विकल्प केही छैनन् । माओवादीलाई चेतना भया ।
Email: [email protected]