हङकङ र जापानमा शिशु जन्मदर अत्यन्तै न्यून

हङकङ र जापानमा शिशु जन्मदर अत्यन्तै न्यून


लण्डन । संसारका कतिपय राष्ट्रहरुमा जनसंख्याको बृद्धिदर क्रमिक रुपले बढ्दै गएकाले ती राष्ट्रहरुमा आर्थिक विकासमा बाधा भएको तीतो यथार्थ हाम्रोअघि प्रष्ट छ । लगभग एसियाका सबै राष्ट्रहरुले जनसंख्याको बृद्धिदर कम गर्ने तरिकाहरु अपनाएका छन् । जनवादी गणतन्त्र चीनमा दशकौंपहिलेदेखि “एक दम्पति, एक सन्तान” को नीति लागु गर्दै आएको छ । बढी सन्तान जन्माउनेले उल्टो सरकारलाई कर तिर्नु पर्ने ब्यवधान छ । तर, चीनअन्तर्गत आउने विशेष प्रशासकीय क्षेत्रहरु हङकङ र मकाउमा यो कानून लागू छैन । हङकङको जनसंख्या बृद्धिमा केही वर्षयतादेखि शिशुहरु जन्मने संख्या अत्यन्त न्यून रहेकोले कैयौं नर्सरी स्कूलहरु बन्द हुने अवस्था आएको छ । हङकङ सरकारले यसतर्फ ध्यान दिएको हुनाले बढी शिशु जन्माउनेलाई शिशुभत्ता दिने नियम लागू गरेर शिशु जन्माउनेतर्फ जनतालाई उत्प्रेरित गरेको छ । एसियाको समृद्धशाली धनी राष्ट्र जापानमा पनि नवजात शिशुहरुको जन्मने क्रममा ठूलो ह्रास आएको छ । संसारको दोस्रो अर्थतन्त्र जापानले निकट भविष्यामा उर्जाशील युवाशक्तिको कमी खेप्नु पर्ने कुरा विज्ञहरुले बताएका छन् । जापानमा विगत २९ वर्षदेखि अहिलेसम्म प्रत्येक वर्ष बच्चाहरु जन्मने संख्या घट्दै आइरहेको छ । जापानमा अहिले १५वर्षभन्दा मुनिका जनसंख्या पेाहोर सालको तुलनामा एक करोड नब्बेलाख बाट घटेर एक करोड उनन्सत्तरी लाखमा झरेको छ । यो तथ्यांक देशको कूल जनसंख्याको १३ प्रतिशत मात्र बन्दछ । ६५ वर्षभन्दा माथिका बृद्धाहरुको संख्या देशको कूल जनसंख्यका २३ प्रतिशत छ । यो तथ्यांक भर्खरै बालदिवसको अवसरमा प्रकाशमा आएको हो । जापान सरकारको नयाँ नीतिअनुसार काम गर्न सक्ने बृद्धाहरुल्ााई अर्थिक लाभ दिएर काममा परिचालन गर्ने कदम उठाएको छ । यी राष्ट्रहरुमा यस्तै अनुपातमा जनसंख्याको जन्मने दर घट्दै गए निकट भविष्यामा आर्थिक संकट आउन सक्ने विज्ञहरुको भनाइ छ । -सुमल, मयूस