मान्छेको ठूलो शत्रु रिस र आवेश

मान्छेको ठूलो शत्रु रिस र आवेश


-सुमल कुमार गुरुङ,
आज मलाई भर्खरै एकजना साथीले ई-मेलबाट पठाएका घटनाको विवरणले मेरो आत्माको भित्री तहसम्म छिचोल्यो । म एकछिनको लागि अनुभूतिको पीडाले हातको औलाहरु छाम्न पुगें, जुन बच्चामाथि यो पाशविक रिस खनिएको थियो, मैले बच्चाको पीडायुक्त दयानीय अबोध मुहारको कल्पना गर्दा मेरा आँखाहरु सजल भए । मन थाम्न नसकी केही हराफहरु यहाँ उतार्दै छु । यो ई-मेल अंग्रेजीमा पठाएको हुनाले जस्ताको तस्तै नेपालीमा रुपान्तार गरी पाठकवर्गसमक्ष सम्प्रेषन गर्दै छु । तपाईहरुले यो घटनाबारे पहिले नै थाह पाइसक्नु भएको छ भने बढी साथीहरुलाई सम्प्रेषण गरिदिनको लागि अनुरोध गर्दछु । मैले शीर्षकलाई फरक ढंगले प्रस्तुत गरेको छु । ई-मेलबाट प्राप्त सन्देश उपरोक्त प्रकारको थियो ।

एकजना मान्छेले आफ्नो कारलाई पालिस गरिरहेको बेलामा उनको चार वर्षीय छोराले एउटा ढुंगा उठाएर कारको साइडमा केही लाईन दाग लगाइदिएको थियो । त्यस मान्छेले रिसका झोंकमा छोराको हात समातेर धेरै पटक छोराको हातमा हाने, तर, उनलाई रिसको आवेगमा उनको हातमा रेन्च भएको याद भएन ।

हातका औलाहरु सबै काम नलाग्ने गरी फ्रेक्चर भएकाले अस्पतालमा त्यो बच्चाले सबै औलाहरु गुमाउनु पर्‍यो ।
बच्चाले आफ्नो बाबालाई देखेपछि , “बाबा ! अब कहिले मेरा औलाहरु पलाउँछन् ?” भनेर सोध्यो । त्यतिबेला त्यस व्यक्तिलाई यति ठूलो मनमा चोट लाग्यो कि उनले एक शब्द बोल्न सकेनन् ।

उनी ग्लानी र खेदमा विक्षिप्त भए । अनि कार भएको ठाउँमा आए । लात्तीले कारलाई धेरैचोटि प्रहार गरे । आफ्नै गल्तीमा मर्माहात भएर कारको अघि टुक्रुक्क झोक्रिएर बसिरहेको बेला बच्चाले दाग लगाएको लाइनमा आँखा पुग्यो ।

त्यहाँ उनले, “बाबा ! तपाईलाई धेरै माया गर्छु” भन्ने हराफहरु देखे ।

त्यसको भोलिपत्ट त्यस व्यक्तिले आत्महत्या गरे ।

रिस र मायाको कुनै सीमा हुँदैन । कृपया सबैले मायालाई रोज्नुहोला । हामीले समानलाई प्रयोग गर्ने हो, मान्छेलाई माया गर्ने हो । तर, वर्तमान संसारमा मान्छेलाई प्रयोग गरिन्छ र समानलाई माया गर्दछन् । यो शर्मिला गुरुङ बहिनीले एकजना साथीमार्फत प्राप्त गरेर पठाएकी हुन् जुन ई-मेललाई फेरि श्रीचन्द्रले मलाई बोधार्थ गरी पठाएका थिए ।

“रिसलाई राखौं पैतालामुनि माया राखौं शिरैमा ।
किन फाल्न जिन्दगानी खेर आवेश र पीरैमा ।।