महाकवि देवकोटाको १०१ औ जन्मजयन्ती

महाकवि देवकोटाको १०१ औ जन्मजयन्ती


लण्डन । साहित्य विकास परिषद यूकेले गत शुक्रबार ३१ अक्टोबर २०१० मा एक भब्य समारोहबीच महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०१ औ जन्मजयन्ती सम्पन्न गरेको छ । जन्मजयन्तीको क्रममा नेपालबाट आएका वरिष्ठ साहित्यकार द्वय डा. देवी सुबेदी र विश्वबिमोहन श्रेष्ठलाई स्वागत सम्मान एवं अभिनन्दन गरेको छ ।
उक्त कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै डा. देवी सुबेदीले डायास्पोरिक साहित्य कसरी लेखिनु पर्छ र विदेशको पीडा एवं स्वदेशका स्मृतिहरुलाई साहित्यमा समेटेर नेपाली साहित्यलाई उचाइमा लानुपर्ने सुझाउ दिँदै शिक्षा र रोजगारीको सिलसिलामा नेपालीहरु विदेश पलायन भए पनि भाषा र साहित्यप्रति मोह व्यापक हुदोरहे छ भन्ने कुरा आफूलाई अहिले अनुभूति भएको बताउँदै देवकोटाका विशिष्ट पक्ष र नेपाली साहित्यमा उनको अतुलनिय योगदनको चर्चासमेत गरे ।
अर्का विशिष्ट अतिथि विश्वविमोहन श्रेष्ठले पनि देवकोटा नेपाली साहित्यका विराट व्यक्तित्व भएका र उनका बारेमा एकल समीक्षात्मक कार्यक्रम नै राख्नु पर्ने आफ्नो विचार ब्यक्त गर्दै उनले स्वदेशमा रहेका आमा-बुबाले विदेशमा हुने सन्ततीको सम्झनालाई मनमा उनेको बडो मार्मिक कविता बचन गरेकाथिए । उनले बेलायतमा रहेका साहित्यकारहरु माझ यसरी भेटघाट र सम्मानित हुन पाउनु निश्चय नै गौरवकोको कुरा रहेको बताए ।
कार्यक्रमममा बेलायतस्थित नेपाली राजददूताबासबाट आएका विशेष अतिथि गणेश अधिकारीले पनि विशिष्ठ अतिथिहरुलाई स्वागत गरेर देवकोटाको नेपाली बांग्मयमा अतुलनीय योगदान रहेको चर्चा गर्दै यस्ता सकारात्मक साहित्यिक कार्यक्रमलाई ददूतावासले प्रोत्साहन र सहयोग गर्ने कुरा बताए ।
अर्का अतिथि डा. सूर्य सुबेदीले कार्यक्रमको महत्वलाई आत्मसात गर्दै डा. देवी सुबेदीद्वारा लिखित बालकृष्ण समको नाटकसम्बन्धी शोधग्रन्थले आफूलाई ठूलो प्रभाव पारेको भन्दै यस्ता साहित्यिक कार्यक्रमहरुमा भविष्यमा आफू सदैब उपस्थित हुने बाचा गरे । वरिष्ठ समाजसेवी ब्रिटेन नेपाल सिभिक फोरमका अध्क्ष डा. राघव प्रसाद धितालले महाकवि देवकोटाले विश्वमा नेपाली साहित्यलाई चिनाउने विराट व्यक्तित्व भएको भन्दै देवकोटा जयन्तीको महत्वलाई अझ उजागर गरे । कार्यक्रममा एनआरएन बेलायतका उपाध्य कूल आचार्यले विशिष्ट पाहुनाहरुको स्वागत गर्दै आफू नेपाली भाषा र साहित्यको कार्यक्रममा जहाँ भए पनि उपस्थित हुने कुरो जनाकारी गराए ।
महाकवि देवकोटाको बारेमा मन्तब्य दिँदै युवा साहित्यकार गोपी प्रसाईले देवकोटाको जीवनी, कृति र नेपाली साहित्यमा वाहाको योगदानको बारेमा चर्चा गरेभने कोमल मल्ल श्रेष्ठका दुई कृतिका बारेमा सम्क्षेपमा समीक्षासमेत गरे । यसअघि कार्यक्रममा आएका विशिष्ठ अतिथिलगायत अन्य अतिथिहरु एवं साहित्यकार, साहित्य प्रेमीहरुद्वारा महाकविको तस्वीरमा फूलमाला अर्पण भएको थियो भने सस्थाका महासचिब सुरेश जंग शाहबाट बिशिष्ट अतिथिहरुको सम्क्षिप्त परिचय प्रस्तुत गर्नु भयो । विशिष्ट अतिथिद्वयलाई साहित्य विकास परिषद्की बरिष्ट कोषाद्यक्ष पिपला देवान र अनेसासकी केन्द्रीय उपाद्यक्ष जया राईद्वारा पुष्प गुच्छा अर्पण र स्वागत गरिएको थियो । कार्यक्रमको स्वागत मन्तब्य पिपला देवानबाट भएको थियो ।
कार्यक्रमको महत्वपूर्ण पक्ष कवि तथा गीतकार कोमल मल्लद्वारा लिखित ‘नेताहरुको महँगो बजार, पीरतीको चालू दुई पुस्तकहरुको संग्युक्त रुपमा विशिष्ठ पाहुनाहरुबाट लोकार्पण गरिएको थियो ।
ठूलो संख्यामा उपस्थित कवि तथा कवयत्रीहरुद्वारा वाचित रचनाहरुले कार्यक्रमको माहौलले निक्कै तताएको थियो । कविता वाचन गर्ने क्रमशः वसन्त राय, डा. सुधा श्रेष्ठ, कोकिला सुबेदी, ईश्वर मानन्धर, जया राई, गोपी प्रसाई, खगेन्द्र नेपाली, शशी थापा सुब्बा, हरि सिह थापा डा. रुपक श्रेष्ठ, पिपला देवान, सनत गुरुङ थिए ।
कार्यक्रममा कोसेली सास्कृतिक परिवारका अध्यक्ष बसन्त राय र निबर्तमान अद्यक्ष मदन थापाको टोलीले मङ्गल धुन बजाएर शुरु गरिएको थियो भने मद्यान्तरमा मुना मदनको गीत प्रस्तुत गरेर कार्यक्रमको रौनक, रोचकता र शोभा बढाएको थियो । त्यस्तै कोमल मल्लले आफ्ना पुस्तकका बारेमा संक्षिप्त मन्तब्य दिँदै केही रोचक कविता वचन गरेकाथिए ।
कार्यक्रममा कलाकार संघ यूकेका अद्यक्ष उमेश मोक्तान, निरमाया रोधीघरका रमेश बाबु श्रेष्ठ, वोकिंग समाजका अद्यक्ष बिनोद राई, ठाटी समाजका अद्यक्ष दौलत राई, बीबीसी नेपाली विश्व सेवाका निर्देशक सुमन खरेल लगायतको उपस्थिति थियो ।
सभाका सभापति,परिषदका अद्यक्ष हरि सिंह थापाले उपस्थित सबैमा कृतज्ञता प्रकट गर्दै सभाको विसर्जन गरे ।
कार्यक्रम बडो सौहार्द सरल मिठास एवं रोचक ढंगले प्रस्तुत गरी लामो समयसम्म दर्शक दीर्घामा साहित्यिक माहोल खडा गरी परिषदका महासचिव सुरेश जंग शाहले प्रस्तुत गरेकाथिए । लन्डनस्थित दार्जिलिंग ईन रेस्टुरेन्टमा संचालित कार्यक्रममा साँझ ७-११ बजेसम्म चलेको थियो ।-जया