नारायणकाजीलाई उछिन्दै बाबुराम, अग्रता फराकिलो

नारायणकाजीलाई उछिन्दै बाबुराम, अग्रता फराकिलो


गोरखा क्षेत्र नम्बर २ मा नारायणकाजी श्रेष्ठलाई उछिन्दै बाबुराम भट्टराइले फराकिलो अग्रता लिएका छन् । डा. भट्टराई नयाँ शक्ति पार्टीका संयोजक समेत हुन् ।

पछिल्लो जानकारी अनुसार बाबुरामले ६ हजार ५३४ मत पाउँदा नारायणकाजीले ५ हजार ३९९ मत पाएका छन् । जुन बाबुरामको तुलनामा ११ सय मतले कमी हो ।

उता, गोरखा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका हरि अधिकारीले अग्रता लिइरहेका छन् । उनका निकतम प्रतिद्धन्दी कांग्रेसका चिनकाजी श्रेष्ठले ४ हजार ४७२ मत पाएका छन् भने अधिकारीले ४ हजार ९३४ पाएका छन् ।