जाजरकोटमा लडेर एकको मृत्यु

जाजरकोटमा लडेर एकको मृत्यु


छेडागाड नगरपालिका–९ का ५५ वर्षीय रामबहादुर अधिकारीको घाँस काट्दै गर्दा लडेर आज बिहान मृत्यु भएको छ ।

घर नजिकै रहेको कोलैटापुमा घाँस काट्दै गर्दा लडेर मृत्यु भएको मृतकका भाइ दीपक अधिकारीले जानकारी दिए ।

करिव ५० मिटर तल भिरमा खस्दा उनको मृत्यु भएको हो ।