विदेशी निर्वाचन पर्यवेक्षकहरू चन्द्रागिरिमा

विदेशी निर्वाचन पर्यवेक्षकहरू चन्द्रागिरिमा


हिजो सम्पन्न आमनिर्वाचनको पर्यवेक्षणका लागि नेपाल आएका विभिन्न देशका निर्वाचन आयुक्त एवम् पर्यवेक्षकहरूले चन्द्रागिरि केबलकार चढेर नेपाल यात्राको आनन्द उठाएका छन् । भ्रमण टोलीमा संलग्न अफगानिस्तान, बंगालादेश, भुटान, भारत, पाकिस्तान, माल्दिभ्स र इन्डोनेसियाका निर्वाचन आयुक्त एवम् विशेषज्ञहरूले चन्दा्रागिरिको भ्रमण गरेर रमाइलो मानेका सो केवुलकार कम्पनीले जनाएको छ । भ्रमणमा आएको समूहलाई चन्द्रागिरि हिल्स लिमिटेडका महा–प्रबन्धक अभिषेक विक्रम शाहले स्वागत गर्दै परियोजना स्थलगत भ्रमण गराएका थिए ।

उक्त विदेशी पाहुना टोलीले परियोजनाको प्रशंसा गर्दै चन्द्रागिरिको चुचुरोबाट देखिने हिमाल, पहाड र मन्दिरलगायतका दृश्यले रमाइलो अनुभूति गराएको बताएका थिए ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा उक्त कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।