एमालेका भरपर्दा उम्मेदवार राजनलाई हराए कांग्रेस नेता गगनले

एमालेका भरपर्दा उम्मेदवार राजनलाई हराए कांग्रेस नेता गगनले


काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापाले आफ्ना निकट्तम प्रतिद्वन्दी डा. राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतको अन्तरले पराजित गरेका छन् ।

थापाले कुल खसेको मतमा २१ हजार ५ सय ५१ मत प्राप्त गरेका थिए भने भट्टराईले १८ हजार १ सय ४० मत प्राप्त गरेका थिए ।

भट्टराईको उम्मेद्वारीलाई लिएर एमालेजन उत्साहित देखिन्थे तर गगन थापाले आफ्नो कामले मतदाताको मन जितेका हुनाले भट्टराई नजित्ने आंकलन पहिलेदेखि नै क्षेत्रमा रहेको थियो ।

काठमाडौं ४ का साविक बिजेता गगन थापाले एमालेका भरपर्दा उम्मेद्वारलाई सजिलै पराजित गरेका छन् ।