रसुवा प्रतिनिधिसभामा कांग्रेसका मोहन आचार्य

रसुवा प्रतिनिधिसभामा कांग्रेसका मोहन आचार्य


रसुवा प्रतिनिधिसभाका लागि चुनावी मैदानमा उत्रिएका नेपाली कांग्रेसका मोहन आचार्यले जित हात पारेका छन् ।

आचार्यले आफ्ना निकटतम प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका जनार्दन ढकाललाई ४ हजार १ सय ७५ मतले पछाडि पारेका हुन् ।

आचार्यले १४ हजार ४ सय ५३ मत ल्याए भने एमालेका ढकाल भने १० हजार २ सय ७८ मत ल्याएका थिए ।

 

उता, प्रदेशसभा (ख) मा मोर्चाका तर्फबाट उठेका नयाँँ शक्ति पार्टीका प्रेम तामाङ ७ हजार ४० मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका इन्द्रप्रसाद गोतामे जंगतजंगले ५ हजार ६ सय ९२ मत प्राप्त गरेका छन् ।

यसअघि प्रदेश सभा (क) मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कांग्रेसका प्रभात तामाङ विजयी भइसकेका छन् । तामाङले ६ हजार ९ सय ७६ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार कर्नयाल तामाङले ५ हजार १ सय ५२ मत प्राप्त गरे ।