यस्तो छ बागलुङको अन्तिम नतिजा

यस्तो छ बागलुङको अन्तिम नतिजा


बागलुङ प्रतिनिधिसभा (केन्द्र ) १, मा नेकपा एमाले सुर्य पाठक विजयी भएका छन् । उनले ३३ हजार ६४५ मत पाए भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसकी चप्पा खड्काले २० हजार ६१६ मत ल्याएकी छिन् ।

उता, प्रदेशसभा १ ( क) मा नेकपा एमाले इन्द्रलाल सापकोटा विजयी भएका छन् भने प्रदेशसभा १ (ख) मा राजमोका कृष्ण थापा विजयी भएका छन् ।

यस्तै, प्रतिनिधिसभा (केन्द्र ) २ मा माओवादी केन्द्रका देबेन्द्र पौडेलले २८ हजार ८२७ मत ल्याएर विजयी भएका छन् । प्रदेश सभा २ (क) मा माओवादी केन्द्रका चन्द्र बहादुर बुढा र प्रदेश सभा २ (ख) मा राजमोका टेक बहादुर घर्ती विजयी भएका छन् ।