बहुप्रतिक्षित चितवन ३ मा प्रतिनिध सभामा माओवादी अगाडि देखिएको छ । उता प्रदेशमा काँग्रेस अगाडि रहेको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं चितवन–३ का उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड) ले ३ हजार ७३२ प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का विक्रम पाण्डे २ हजार २७४ ले पाएका छन् ।
यस्तै, चितवन (क्षेत्र नं. ३ (क) मा नेकपा (एमाले) का कृष्णप्रसाद भुर्तेलले ४ हजार ३६५ पाएका छन् भने नेपाली काँग्रेसका दिनेश कोइरालाले ४ हजार ६४५ मत पाएका छन् ।
उता, चितवन (क्षेत्र नं. ३ (ख) मा नेपाली काँग्रेसका साजन कुमार महत्तोले ४ हजार ५७७ मत पाएका छन् भने नेकपा (माओवादी केन्द्र) का राम लाल महत्तोले २ हजार ९९० मत पाएका छन् ।
प्रतिक्रिया