काठमाडौं–९ मा कृष्णगोपाल श्रेष्ठले जित हात पारेका छन् । उनले २२ हजार ८५२ मत पाएका छन् ।
श्रेष्ठले आफ्ना निकटतम प्रतिद्धन्दी कांग्रेसका ध्यानगोविन्द रञ्जितलाई ८ हजार ५० मत अन्तरले हराए । ध्यान गोविन्दले १४ हजार ८०२ मत पाएका छन् ।
लगातार चार पटकसम्म चुनावमा हार व्यहोरेका कृष्णगोपाल प्रतिनिधिसभा चुनावमा काठमाडौं ९ मा विजयी हुँदा खुशी ब्यक्त गरेका छन् । कृष्णगोपाल र ध्यानगोविन्द चिरपरिचित प्रतिस्पर्धी पनि हुन् ।
उनीहरुबीच काठमाडौं क्षेत्र नं ७ मा ०५१ को चुनावमा सँगै लडेका थिए । ०५१ मा जितेका श्रेष्ठ ०५६ को चुनावमा भने तिर्थराम डंगोलसँग पराजित भए । त्यसयता भने उनले ३ वटा चुनावमा हार ब्यहोरेका थिए ।
त्यसपछि कांग्रेसका ध्यानगोविन्दले ०६४ र ०७० को संविधानसभा चुनावमा कृष्णगोपाललाई पराजित गराएका थिए ।
प्रतिक्रिया