रुकुम पश्चिम प्रतिनिधिसभा सदस्यमा जनार्दन शर्मा

रुकुम पश्चिम प्रतिनिधिसभा सदस्यमा जनार्दन शर्मा


जनार्दन शर्मा फराकिलो मतान्तरले विजयी भएका छन् । रुकुम पश्चिम प्रतिनिधिसभा सदस्य निर्वाचनमा वामगठबन्धनका साझा उम्मेदवार शर्माले
नेपाली कांग्रेसका गोपालजी जंग शाहलाई १८ हजार ७ सय ४३ मत बढी ल्याउँदै हराएका हुन् ।

वामगठबन्धनका शर्माले ३४ हजार ४ सय २ मत ल्याउँदा नेपाली कांग्रेसका शाहले १५ हजार ६ सय ५९ मत ल्याएका थिए ।

पूर्व गृहमन्त्री समेत रहेका माओवादी केन्द्रका शर्माले नेपाली कांग्रेसका शाहलाई दोस्रो पटक पराजित गरेका हुन् । २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा साविकको सिंगो रुकुममा २ ओटा निर्वाचन क्षेत्र रहेकामा निर्वाचन क्षेत्र नं २ बाट शर्माले शाहलाई पराजित गरेका थिए ।