धादिङ– २ एमालेका लोहनी विजयी

धादिङ– २ एमालेका लोहनी विजयी


धादिङ क्षेत्र नं. २ मा नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य खेमप्रसाद लोहनी विजयी भएका छन् ।

लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं कानुन तथा संसदीय मामिला राज्यमन्त्री दिलमान पाख्रिनलाई ६ सय ४० मतले पछाडि पार्दै लोहनी विजयी भएका हुन् ।

लोहनीले ३६ हजार २ सय ५४ मत प्राप्त गरेका छन् भने पाख्रिनले ३५ हजार ६ सय १४ मत प्राप्त गरेका थिए ।

जिल्लाको अन्तिम मत परिणाम सार्वजनिक भएसँगै धादिङको दुई वटा प्रतिनिधिसभा र चारवटा प्रदेश सभामा बाम गठबन्धनले क्लिनस्विप गरेको छ ।