'इन्टेग्रेसन इज भेरी इम्पोर्टेन्ट'-काउन्सिलर गुरुङ

'इन्टेग्रेसन इज भेरी इम्पोर्टेन्ट'-काउन्सिलर गुरुङ


गत चुनावमा लेबर पार्टीका तर्फबाट काउन्सिलर भएका गम बहादुर गुरुङ, नेपाली समुदायबाट यसरी ‘काउन्सिलर’ हुने तेस्रो नेपाली हुन् । उनलाई उनको ताजा जीतको वधाइ तथा उत्तरोतर प्रगतिको कामना गर्दै यस वेबका कार्यकारी प्रमुख हुम गुरुङबाट लिइएको अन्तर्वार्ताको पूर्ण भाग प्रस्तुत छ –

हुम गुरुङ – गमबहादुरजी, र्सवप्रथमतः हामी तपाईँलाई मेरो यूके डट कमको तर्फबाट तपाईँको विजयको सफलताको लागि वधाइ दिन चाहान्छौं । यसै सिलसिलामा यस वेबको तर्फबाट नेपालीहरुमा आफ्नो परिचय दिनुहोस् न ।
काउन्सिलर गुरुङ – नमस्ते । मेरो यूके डट कम हेरेर तथा पढेर बसिरहनु भएका समस्त नेपालीहरुमा मेरो नमस्ते । मेरो नाम गम गुरुङ, म लण्डनको मोर्टनअन्तर्गत कलियर्स उडमा बस्छु । म नेपालको कास्की जिल्ला, लुम्ले गाबिस, वडा नम्बर ७ अन्तर्गत भिक्षुक भन्ने गाउँमा बस्ने थिएँ र म त्यहाँ जन्केको हो, पछि, पोखराको डेम साइडमा ‘ट्वीनपिक होटेल’ मेरो थियो र छ पनि । कामको शिलशिलामा यहाँ बस्दाखेरी मैले धेरै किसिमका कामहरु गरेँ । पछिल्लो तीन वर्षबाट म ‘कासोल्टन कलेज’, ‘कासोल्टन’मा ब्रिकलेयिङ ट्युटर’को काम गरिरहेको छु , साथसाथै म अहिले ‘क्यान्टाबरी क्राइसेस अफ युनिभर्सिटी’मा र ‘टिचर इन ट्रेनिङ डिप्लोमा’को विद्यार्थी पनि हुँ, यही अगस्ट मा मेरो कोर्स कम्प्लिट हुँदैछ भने अर्को साल मेरो ‘ग्राजुयसन सेरेमोनी’ हुन्छ होला ।

हुम गुरुङ – तपाईँ यूके कहिले र कसरी आउनुभयो ?
काउन्सिलर गुरुङ – सन् २००३ मा वर्किङ भीसामा यूके आएको हुँ र कामकै शिलशिलामा सर्टन भन्ने ठाउँमा बस्दै गर्दा साथीहरुले ‘हेग होम्स’ अर्थात् ‘एक्स सर्भिस मेन अफ हाउजिँग एस्सोसिएन’, जसमा ‘एक्स सर्भिस मेन’हरुका लागि छुट्याइएको हुन्छ मा अप्लाइ गर्नका लागि एडभाइस गर्नुभो, जो पायो भने राम्रो हुन्छ, सस्तो रेन्टमा पाइन्छ भनेकोले मैले अप्लाइ गरेँ र यो सिस्टमा घर पाउने नेपालीहरुमा म फर्स्ट गुर्खा भएको छु ।

हुम गुरुङ – कुपया यस भूतपूर्व सैनिकहरुले पाउने आवासीय सुविधा अर्थात् ‘हेग होम्स’को बारेमा अन्य जानकारीहरु दिनुहोस् न यस वेबका तर्फबाट नेपाली भूतपूर्व गुर्खालगायत तिनीहरुसँग सम्वद्ध व्यक्तिहरुका लागि ।
काउन्सिलर गुरुङ – ‘एक्स सर्भिस मेन’हरुले पाउने उक्त घरलाई ‘हेग होम्स’ भनिन्छ, यो ‘एक्स सर्भिस म्यान’ तथा उसको ‘डिपेन्डेड’ अर्थात् परिवारहरुले पाउँदछ । यो बारेमा अरुलाई थाहा थिएन, म नै हुँ पहिलो व्यक्ति, त्यसैले मैले भनेकोले गर्दा नै आज यही मोर्टनमा बत्तीस घरहरु एक्स गुर्खाहरुका भइसकेको छ भने बेलायतभरिमा चालीस घर भइसकेको छ । यो पाउनुमा ‘क्राइटेरिया’ छ, जस्तो ‘फाइनान्सियली’ कमजोर, परिवारमा अशक्क्त तथा विरामी सदस्य, काम नराम्रो वा थोरै तलव आउने आदि हुन्छन् । त्यस्तै विषयमा ध्यान दिएर सजिलैसँग अप्लाइ गर्न सकिन्छ ।

हुम गुरुङ – तपाईँको पृष्टभूमि पल्टन अर्थात् सेना हो, तपाईँ यूकेमा नागरिक कामको अर्थात् ‘वर्किङ भीसा’मा आउनुभयो तर तपाईँ यसबीच कसरी राजनीतिमा प्रवेश गर्नुभयो ?
काउन्सिलर गुरुङ – समयले मान्छेलाई कहाँ कहाँ पुर्‍याउँदछ भनेको जस्तै मेरो राजनीति गर्नेबारे कहिल्यै चाहाना थिएन र म एकदम व्यापारिक ‘ओरियन्टेड माइण्डेड’ व्यक्ति हुँ । किनभने आठ वर्ष मैले नेपालमा आफ्नो होटेल चलाएर बसेको मान्छे हुँ । तर आज यहाँ आएर म साउथ लण्डन नेपलिज गोर्खा एस्सोसिएसनको चियरमेन हुन पुगेँ र साथसाथै भिक्षुक संघ यूकेको पनि मैले चियरमेनको काम गर्दै आएको छु । यसरी चेयरमेनशिपको काम गर्दा गर्दै म ‘सोसियल वर्क्स’ जस्ता काममा म धेरै ढल्केँ । यसै क्रममा साथीहरुको सल्लाहमा म विस्तारै ‘पोलिटिक्स’तिर लागेको हुँ ।

हुम गुरुङ – त्यस्तै क्रममा तपाईँ यस मोर्टनअन्तर्गत कलियर्स उडबाट ‘काउन्सिलर’ जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएको छ । स्थानीय जनसमुदायहरुबाट तपाईँले कसरी सहयोग पाउनुभयो ?
काउन्सिलर गुरुङ – मेरो नेचर एकदमै मिलनसार, जस्तोसँग पनि मिल्न सक्ने छ । मेरा साथीहरु प्रायजसो गोराहरु हुन्छन्, र उनीहरुले मलाई सँधै एड्भाइस, गाइडेन्स र सजेक्सन दिन्छन् । उनीहरुले…’गम तिमी धेरै ‘ट्रस्टवर्थी’ छौ, वी लाइक यू एण्ड तिमीलाई हामी हाम्रो पार्टीको काउन्सिलरको बोर्डमा लिन माग्छौं’ भनेको हुनाले म यसरी आज म काउन्सिल भएको छु ।

हुम गुरुङ – तपाईँले आफूलाई र आफ्नो परिवारलाई कसरी यहाँको स्थानीय समाजमा, यहाँको रहनसहनअनुसार इन्टेग्रेट अर्थात् समाहित गरिरहुनु भएको छ त ?
काउन्सिलर गुरुङ – ‘इन्टेग्रेसन इज भेरी इम्पोर्टेन्ट’ । हामीले विदेशमा आएर यहाँको समाजमा र रहनसहनमा आफूलाई ‘इन्टेग्रेट’ गर्न अति नै जरुरी छ । म उनीहरुको ‘वर्थ डे पार्टी’मा जान्छु, चर्चहरुमा जान्छु, उनीहरुको ‘ओपन डे’हरुमा जान्छु र म उनीहरुको सल्लाह र ‘वे अफ लाइफ’लाई फलो गर्छु र त्यसरी नै म पनि उनीहरुको ‘वे अफ लाइफ’ मा मेरो परिवारसहित भिज्दै गइरहेको छु । यसले गर्दा मैले स्थानीय समाजको विश्वास कमाएको छु ।

हुम गुरुङ – यूकेमा भएका नेपाली समाजको बारेमा तपाईँले कस्तो खालको धारणा राख्नुहुन्छ र कस्तो सल्लाह दिनुहुन्छ ?
काउन्सिलर गुरुङ – हामी नेपाली हौं, नेपाल आमाको सन्तान हौं, हामीले नेपाललाई भुल्नु हुँदैन । सबैभन्दा मुख्य कुराचाहिँ हामीले आफ्नो ‘फ्यामिली भ्यालु’ भुल्नु हुँदैन । हामी नेपालीहरुको ‘व्याक ग्राउण्ड’ भनेको ‘फ्यामिली भ्यालु ओरियन्टेड व्याक ग्राउण्ड’ हो । जहाँ रहे पनि हामीले आफ्नो संस्कृति तथा रीतिरिवाजहरुलाई भुल्नु हुँदैन । यूके भनेको ‘ल्याण्ड अफ अपर्च्युनिटी’ हो । ‘नथिङ इज इम्पोसिवल’ । यहाँ तपाईँसँग क्षमता छ भने तपाईँ एक्टर, प्लेयर, पोलिटिसिएन बन्न सक्नुहुन्छ । मौकाहरु तपाईँको अगाडि आइहाल्दैनन्, त्यसलाई तपाईँले खोज्दै जानु पर्ने हुन्छ ।

हुम गुरुङ – तपाईँको सफलता तथा अनुभवलाई आधार बनाएर, यूकेका नेपालीहरु तथा पोलिटिसिएनहरुले यूकेबाट के सिक्नुपर्दछ भन्ने तपाईँलाई लाग्छ ?
काउन्सिलर गुरुङ – निश्चय नै हामीले कडा परिक्षम गर्नुपर्दछ तर ‘हार्ड वर्क’ भन्दा भन्दै छोराले के गरिरहेको छ, छोरीले के गरिरहेकी छ भन्ने कुरालाई हामीले ‘मोनिटर’ गर्नु अत्यन्तै जरुरी छ । हामी यसरी यूकेमा आएको ‘मेन एम’ भनेको के हो भने हामी हाम्रा ‘सेकेण्ड जेनेरेसन’को भविष्य राम्रो बनाउन उच्च शिक्षादीक्षा दिन्छौं भनेर हो । त्यसको लागि हामीले बच्चाबच्चीहरुका लागि केही स्वतन्त्रता पनि दिनुपर्दछ जसले गर्दा तिनीहरुले ‘अपर्च्युनिटी’हरु देख्न सकून् । पूर्व प्रधानमन्त्री गोर्डन ब्राउनलाई राजीनामा दिइहाल्नुपर्ने जरुरत थिएन, सरकारमा बसिरहेको अवस्थामा नै उनले मिलिजुली सरकार बनाउनका लागि जुनसुकै खेल खेल्न सक्थे, नेपालमा त्यस्तो किसिमको राजनीति छ । ‘सिट’ तथा ‘पावर’को लागि जे पनि गर्न खोज्ने नेपाली नेताहरुले,आफ्नोर् इज्जत, पार्टीकोर् इज्जत, यूकेबासी जनताको विचारकोसम्मान गर्दै राजीनामा दिनुभयो । नेता भनेका जनताका लागि हुन् ।

हुम गुरुङ – तपाईँको कार्य योजनाहरु तथा भविष्यको लक्षको बारेमा केही बताइदिनुहुन्छ कि ?
काउन्सिलर गुरुङ – यूकेबासी नेपालीहरुले गर्व गर्न मिल्ने किसिमका कामहरु गरी नेपालीको नाम राख्न प्रयत्न गर्ने छु र नेपालीहरुलाई ‘बेनेफिट’ हुने प्रकारका कार्यहरुमा म दृढताका साथ लाग्नेछु । यसरी नै समाजसेवामा लागी एक दिन यही मर्टनको ‘मेयर’ हुने लक्ष्य राखेको छु ।

हुम गुरुङ – अब परिवारको बारेमा जिज्ञाशा राख्छु, तपाईँ आफ्ना तीनवटी छोरीहरु र एक छोरालाई यहाँ कस्तो प्रकारको शिक्षादीक्षा दिन अनि कस्तो प्रकारको जीवन दिन चाहानुहुन्छ ?
काउन्सिलर गुरुङ – ‘अपर्च्युनिटि’ नै ‘अपर्च्युनिटि’ भएको यस देश विकास तथा संस्कृतिले धनी पनि छ । हामी नेपालीहरुको ‘फ्यामिली ओरियन्टेड व्याकग्राउण्ड’ छ । यहाँको रहनसहनमा भिज्नका लागि यहाँकै गोराहरुका बच्चाबच्चीलाई जसरी खुल्ला भने छाड्न सकिँदैन । हामी बच्चाबच्चीहरुलाई ‘नेपाली भ्याल्यु’लाई जस्ताको तस्तै राख्दै यहाँको समाजमा ‘इन्टेग्रेटेड’ भएको देख्न चाहान्छौं ।

हुम गुरुङ – हाम्रा पाठक तथा दर्शक अनि श्रोताहरुलाई तपाईँ अन्त्यमा केही भन्न चाहानुहुन्छ कि ?
काउन्सिलर गुरुङ – मेरो यूके डट कम पढेर र सुनेर अनि हेरेर बसिरहनु भएका सम्पूर्ण नेपालीहरुलाई मेरो फेरि पनि नमस्कार । सबैभन्दा पहिले के भन्छु भने..’नथिङ इज इम्पोसिवल’ । यहाँ केही पनि असम्भव छैन , जुनचाहिँ मैले ‘प्रुभ’ गरेँ । जुनसुकै सफलताको लागि ‘एबिलिटी’ मात्र होइन, ‘एटि्टच्युट’को पनि जरुरत हुन्छ । ‘विहाइन्ड एभ्री सक्सेसफुल म्यान, इज ब वीमन’ भन्ने कुरा साँचो हो, मेरो सफलतामा मेरो श्रीमतीको ठूलो हात छ , र साथमा मेरो परिवारको पनि, किनकि म ‘फ्यामिली ओरियन्टेड’ नेपाली हुँ । हामीहरु तब मात्रै सशक्त हुन्छौं जब हामी पारिवारिक रुपमा ‘एट्याच्ड’ हुन्छौं । मेरो यो जीत भनेको मेरो नेपाली वासीहरुको हो, मेरो रेजिमेन्ट, मेरो संस्था हो । अन्त्यमा म के भन्छु भने, हामी कहाँ छौं होइन, कहाँ जान चाहान्छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ र सपनाहरुलाई पर्खने होइन, पछ्याउने हो । म मेरा नेपालीहरुलाई अवसरको खोजीमा लागिरहनका लागि आग्रह गर्दछु अन्त्यमा ।

CLICK HERE FOR VIDEO VERSION