पर्सा ४ (क)मा कांग्रेसका शंकर चौधरी

पर्सा ४ (क)मा कांग्रेसका शंकर चौधरी


पर्सा जिल्ला क्षेत्र नं. ४ (१) को प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार शंकर चौधरी विजयी भएका छन् । शनिबार साँझ साढे सात बजे सार्वजनिक गरिएको प्रदेश सभा सदस्यको अन्तिम मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार शंकर चौधरीले ७४८८ मत प्राप्त गरी विजयी भएका छन् । निजका प्रतिद्वन्द्वी नेकपा एमालेका जयप्रकाश थारुले ७०४० मत प्राप्त गरेका थिए भने राजपाका रामचन्द्र पंडितले ५१२० मत प्राप्त गरेका थिए ।