टुंगियो विमलेन्द्रको संसद यात्रा, राजेन्द्र महतो विजयी

टुंगियो विमलेन्द्रको संसद यात्रा, राजेन्द्र महतो विजयी


काँग्रेसका विमलेन्द्र निधि भारी मतका साथ पछि परेपछि अन्ततः उनको संसदको यात्रामा पूर्णविराम लागेको छ ।
धेरैलाई चासोको विषय बनेको धनुषाको क्षेत्र नं ३ मा राजपाका राजेन्द्र महतो विजयी भएका छन् । आफ्ना निकटतम प्रतिस्पर्धी निधिलाई भारी मतले पछि पार्दै महतोले चुनाव जितेका हुन् ।

शनिबार मध्यरातमा सम्पन्न भएको निर्वाचन मतपरिणाममा राजेन्द्र महतो ३० हजार ७ सय ४२ मत सहित निर्वाचित भएका हुन् ।