टोपबहादुरको अग्रता कायमै

टोपबहादुरको अग्रता कायमै


जिल्लामा प्रदेश सभा र प्रतिनिधी सभाका लागि भएको निर्बाचनको मत गणना रातको १२ बजे बाट सुरु भएको हो । मथुरा माध्यमिक बिद्यालय नेटाको मतदान स्थलमा रहेका दुईवटा मतदान केन्द्रमा मतदान स्थगित भए संगै मत गणना ढिला भएको थियो ।

उक्त दुबैवटा मतदान केन्द्रमा हिजो कडा सुरक्षा बिच मतदान भएसंगै रातिबाट मत गणना भएको जिल्ला निर्बाचन कार्यालयले जनाएको छ । मत गणना स्थललाई तारले घेरीएको छ भने राजनैतिक दलका प्रतिनिधीहरुलाई तार बाहिरबाट हेर्ने तथा बस्ने व्यबस्था मिलाईएको छ ।

उक्त स्थलमा सुरक्षा व्यबस्था कडा पार्दै सिसी टिभिबाट समेत निगरानी भईरहेको मुख्य निर्बाचन अधिकृत रामचन्द्र पौडेलले बताए । १० वटा वडाको कुल मत ११ हजार ७ सय २४ मत गणना गर्दा बदर मत ५ सय ४४ भएका छन् भने सदर मत ११ हजार १ सय ७९ रहेको छ ।

नेकपा माओबादी केन्द्रका नेता टोपबहादुर रायमाझीले ६ हजार २ सय ४८ रहेको छ भने नेपाली काग्रेसका राम बहादुर बिसीको ३ हजार ८ सय ६६ मत रहेको छ । २ हजार ३ सय ८२ भोटले रायमाझीले अग्रता लिएका छन् ।

यस्तै आँखा ९४, हलो २४, भाले १२, तराजु ५३ र स्वतन्त्र उम्मेद्धवारको चुनाव चिन्ह गुलाफमा २५ मत आएको छ । जिल्लाका अझै ४१ वडा वडाको मत गणना गर्न बाँकी छ ।