मकवानपुर १ मा एमालेका दाहाल विजयी

मकवानपुर १ मा एमालेका दाहाल विजयी


प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवार कृष्णप्रसाद दाहालले ४० हजार ६३१ मतका साथ विजयी भएका छन् ।

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका कमल थापालाई पराजित गरेका हुन् । थापाले ३४ हजार ६५८ मत प्राप्त गरेका छन् ।

यसैगरी मकवानपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेकपा(एमाले)का विरोध खतिवडा ४६ हजार ४८१ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महालक्ष्मी डिना उपाध्यायले ३४ हजार ९० मत प्राप्त गरेकी छिन् ।