कपिलवस्तु २ मा गुप्ता विजयी

कपिलवस्तु २ मा गुप्ता विजयी


कपिलवस्तुको निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभामा नेकपा (एमाले)का उम्मेदवार वृजेशकुमार गुप्ता विजयी भएका छन् ।

सो क्षेत्रमा गुप्ता नेपाली काँग्रेसका सुरेन्द्रराज आचार्यलाई पराजित गर्दै विजयी भएका हुन् ।
गुप्ताले ३५ हजार १४७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी आचार्यले ३१ हजार ५६६ मत पाएका छन् ।

त्यस्तै निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा (ख) मा काँग्रेस उम्मेदवार वीरेन्द्रकुमार कानोडिया विजयी भएका छन् । कानोडिया माओवादी केन्द्रका जाबेद आलम खाँलाई पराजित गर्दै विजयी भएका हुन् ।

कानोडियाले छ हजार ६७९ मत प्राप्त गरी विजयी भए भने उनका प्रतिस्पर्धीले छ हजार ३०७ मत पाए । राससका अनुसार यहाँको पछिल्लो ताजा मत परिणामअनुसार प्रतिनिधिसभातर्फ क्षेत्र नं १ वाम गठबन्धनकै उम्मेदवार अगाडि छन् भने ३ मा नेपाली काँग्रेस अगाडि छ ।
यो जितसँगै यस जिल्लामा नेपाली काँग्रेसले खाता खोलेको छ ।