पाल्पामा १० हजार बढी मतान्तरले सोम पाण्डे विजयी

पाल्पामा १० हजार बढी मतान्तरले सोम पाण्डे विजयी


पाल्पामा एमालेका उम्मेदवार सोमप्रसाद पाण्डे विजयी भएका छन् । १० हजार बढी मतान्तरले उनले कांग्रेसका उम्मेदवार हरिप्रसाद नेपाललाई पराजित गरेका हुन् ।

पाल्पाको प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्बाचित पाण्डेले ३४ हजार ८९९ मत ल्याए भने नेपालले २४ हजार ५५४ मत प्राप्त गरे । प्रदेशसभामा पनि वामगठबन्धन विजयी भएको छ । क्षेत्र नम्बर २ ‘क’ मा एमालेका डा. पुरन बज्राचार्य निर्वाचित भएका छन् । उनले १६ हजार ४ सय २२ मत ल्याए । कांग्रेसका माधवप्रसाद नेपालले १३ हजार ४ सय ७० मत ल्याएर पराजित भए ।

क्षेत्र नम्बर २ ‘ख’मा माओवादी केन्द्रका तुलाराम घर्तीमगर विजयी भएका छन् । १६ हजार ४ सय २२ मतसहित उनी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका रामबहादुर कार्की ११ हजार ४९६ मत ल्याए ।