नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम प्रतिनिधि सभा निर्वाचनको डेन्जर जोनमा पुगेका छन् । गौतम कम्युनिष्ट गठबन्धनका लागि सूत्रधारको भुमिकामा प्रमुख पात्र थिए ।
बर्दिया क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका बामदेव गौतमलाई नेपाली काँग्रेसका संजय कुमार गौतमले पछाडि धकेलेका हुन् । ७० प्रतिशत भन्दा बढी मत गणना हुँदा बामदेव २८ सय भन्दा बढी मतले पछाडि परेका छन् ।
संजयको ३५ हजार ६ सय ६९ मत रहेको छ भने बामदेवको ३२ हजार ८ सय १० मत रहेको छ ।
नेकपा माओवादी केन्द्रसंग गठबन्धन गर्नका लागि बामदेवले नै महत्वपूर्ण भुमिका खेलेका थिए ।
मुख्य योजनाकार भएकैले पनि कम्युनिष्ट गठबन्धनले जितेमा बामदेव नै प्रधानमन्त्री बन्छन् भन्ने अड्कल रहँदै आएको थियो । मतगणना गर्ने काम भने बाँकी रहेको छ ।
उता, कम्युनिष्ट गठवन्धनका अर्का सूत्रधार मानिएका माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ गोरखामा पराजित भइसकेका छन। उनलाई लोकतान्त्र गठवन्धन अन्तर्गतको नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराईले पराजित गरेका हुन् ।
प्रतिक्रिया