माओवादी केन्द्रबाट झापा क्षेत्र नं- १ मा वाम गठबन्धनका लागि उम्मेदवार बनेका (सुरेन्द्र) राम कार्की विजयी भएका छन् ।
कार्की ३६ हजार १ सय ७३ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले ३३ हजार ३ सय १० मत ल्याएका छन् ।
शर्माले हार स्वीकार गर्दै वाम गठबन्धनका लागि माओवादी केन्द्रका उम्मेदवार राम कार्कीलाई जीतको बधाई समेत दिएका छन् । शर्माले सार्वजनिक रुपमै कार्कीलाई माला लगाइदिएका छन् ।
‘मैले आफ्नै बगैंचामा फूलेको फूलको टिपेर माला उनेर उहाँलाई लगाएदिएको हुँ’, विश्वप्रकाशले भने, ‘प्रतिष्पर्धामा जीत र हार स्वभाविक छ ।’
उता, कार्कीले भने आफूले विश्वप्रकाशलाई एउटा किताब उपहार दिने योजना बनाएको बताए ।
प्रतिक्रिया