समानुपातिकमा एमाले काँग्रेसको मत बराबर

समानुपातिकमा एमाले काँग्रेसको मत बराबर


नेकपा एमालेभन्दा निकै पछाडि रहेको नेपाली काँग्रेसले समानुपातिक तर्फ भने एमालेलाई भेट्टाएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाममा एमालेभन्दा कांग्रेस निकै पछाडि रहेपनि समानुपातिकमा भने बराबर अवस्थामा पुगेको हो ।

सोमबार बिहान ६ः२५ बजेसम्मको मतगणनामा शिर्ष स्थानमा रहेको एमालेको २ लाख ८० हजार ९ सय ४९ मत रहेको छ भने काँग्रेसको २ लाख ७९ हजार ७ सय ६१ रहेको छ ।

अन्य दलको कसको कति मत ?

नेपाल कम्युनिष्ट पार्टी एमाले, सूर्य २८०९४९
नेपाली काँग्रेस , रुख २७९७६१
माओवादी केन्द्र गोलाकारभित्र हसिया हथौडा,  १३५७८१
राष्ट्रिय जनता पार्टी नेपाल छाता,  १६५४७
विवेकशील साझा पार्टी तराजु, ११९६६
राष्ट्रिय प्रजातन्त्र पार्टी गाई,  ११५४३
संघीय समाजवादी फोरम, नेपाल हातले समातेको मशाल, ११४९६
नयाँ शक्ति पार्टी, नेपाल देब्रे आँखा, ९१७३
राष्ट्रिय जनमोर्चा गिलास, ४९३२
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गोलाकारभित्र हलो, ४९१०