धनुषा २ बाट फोरमका उमाशंकर र ४ बाट एमालेका रघुबिर निर्बाचित

धनुषा २ बाट फोरमका उमाशंकर र ४ बाट एमालेका रघुबिर निर्बाचित


धनुषा क्षेत्र नम्बर २ मा संघीय समाजवादी फोरमका नेता उमाशंकर अरगडिया र ४ बाट एमालेका रघुबिर महासेठ निर्बाचित भएका छन् । अरगडियालले ३२ हजार ४४ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

अरगडियाले वाम गठबन्धनका साझा उम्मेदवार माओवादी नेता रामचन्द्र झालाई १३ हजार ३ सय २९ मतान्तरले पराजित गरेका हुन् । निकटतम प्रतिस्पर्धी झाले १८ हजार ७ सय १५ मत प्राप्त गरेका छन् ।

उता, धनुषा क्षेत्र ४ बाट एमाले नेता रघुविर महासेठले जित हात पारेका छन् । महासेठले २२ हजार ५ सय ३२ मत पाएका छन् ।