महोत्तरीको क्षेत्र नं १ मा नेता पोखरेल विजयी

महोत्तरीको क्षेत्र नं १ मा नेता पोखरेल विजयी


महोत्तरी क्षेत्र नं १ बाट नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेल प्रतिनिधिसभामा विजयी भएका छन् ।

उनी २३ हजार ७७६ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालकी लक्ष्मी महतोले १९ हजार ४९२ मत प्राप्त गरे ।

यसअघि २०६४ र २०७० सालको संविधानसभा चुनावमा पनि पोखरेल महोत्तरीबाटै निर्वाचित भएका थिए । पोखरेल गणतन्त्र स्थापना भएपछि बनेको एकीकृत नेकपा माओवादी नेतृत्वको संयुक्त सरकारमा स्वास्थ्यमन्त्री समेत थिए ।

उनी २०७२ सालमा शिक्षामन्त्री र २०७४ सालको जेठमा स्वास्थ्यमन्त्री थिए । राससका अनुसार त्यस्तै महोत्तरी क्षेत्र नं १ को (कं) मा शारदादेवी थापा र (ख) मा भरत साह निर्वाचित भएका छन् ।