उदयपुर १ मा प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेका नेपाली कांग्रेसका उम्मेदवार डा. नारायण खड्का मतान्तर बढाउने कसरतमा लागेका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार मञ्जुकुमारी चौधरीसँगको मतान्तर बढाइरहेका छन् ।
मतगणनाा भइरहेको स्थानबाट प्राप्त ताजा जानकारी अनुसार खड्काले वाम गठबन्धनका तर्फबाट नेकपा एमालेकी उम्मेदवार चौधरीलाई ३ सय ८० मतले पछाडि पारेका छन् ।
खड्काको पक्षमा ३१ हजार ३ सय ५३ मत रहेको छ भने चौधरीको पक्षमा ३० हजार ९ सय ७३ मत रहेको छ ।
प्रतिक्रिया