कञ्चनपुर–२ मा एमालेका धामी विजयी

कञ्चनपुर–२ मा एमालेका धामी विजयी


कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार तथा नेकपा (एमाले)का नरबहादुर धामी विजयी भएका छन् ।

आइतबार राति सम्पन्न मतगणनाअनुसार विजयी उम्मेदवार धामीले ३३ हजार २२० मत प्राप्त गरी नेपाली काँग्रेसका उम्मेदवार नारायणप्रकाश साउँदलाई पराजित गरेका छन् ।

काँग्रेस उम्मेदवार साउँदले २४ हजार ८९३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । राससका अनुसार यसअघि आइतबार उक्त क्षेत्रको प्रदेशसभा सदस्यमा वाम गठबन्धनकै उम्मेदवार महेशदत्त जोशी र लालबहादुर खड्का विजयी भएका थिए ।