पूर्व युवराज पारस पोखरामा

पूर्व युवराज पारस पोखरामा


पोखरा, पूर्वयूवराज पारस शाह आज आफ्ना छोराछोरी सहित पोखरा भ्रमणमा आएका छन्। बिहान पौने १० फिस्टेल एयरको हेलिकप्टरमा आएका उनी फिस्टेल लजमा बसेका छन्। पारस आफ्ना ५ जना सिंगापुरे साथीसहित पोखरा घुम्न आएका हुन्। उनी छोराछोरीसहित एउटा हेलिकप्टरमा आएका थिए भने उनका साथीहरु फिस्टेलकै अर्कौ हेलिकप्टरमा आएका थिए।

पारसका अंगरक्षकहरु भने हिजो नै पोखरा आईसकेका थिए। बर्दीमा रहेका सशस्त्र प्रहरीका डीएसपी र सादा पोशाकका केही सैनिक अधिकारी सहितको टोली पारसलाई लिन पोखरा विमानस्थल पुगेको थियो। स्रोतकाअनुसार पारसले पोखराका केही पर्यटकीयस्थलमा आफ्ना साथीहरुलाई भ्रमण गराउने छन्।

यसै बिच पारसकी श्रीमती हिमाली एक साताअघि पोखरा आएर एकरात बसेकी थिइन्।